२०८१, १२ बैशाख बुधबार

सचिवहरुको सरुवा को कहाँ पुगे (नामावलीसहित)

सचिवहरुको सरुवा को कहाँ पुगे (नामावलीसहित)


काठमाडौं, ३ साउन मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सचिवहरुको सरुवा गरेको छ । त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।
यसैगरी महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी गृहसचिव हुने दौडमा थिए ।

भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिंचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ । उनलाई पठाइएको कार्यालयबारे पनि जानकारी दिइएको छैन ।

पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ । उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको दाबी छ ।

सरकारले सचिव सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन । स्रोतले बताएअनुसार सोमबारको बैठकमा सरुवा हुने सचिवहरुको नाम सुनाइएको थियो । त्यसमाथि केही मन्त्रीहरुले आपत्ति जनाएपछि बुधबार अन्तिम टुंगो लगाउने गरी बैठकमा अन्य विषयमा छलफल भएको जनाइएको छ ।

केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरु सरुवाको सूचीमा रहेको स्रोतको दावी छ । प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश–५ का प्रमुख सचिव डा। तीर्थ ढकाल काठमाडौं आउँदै छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिङ्गापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकास पाउने राजश्व सचिव लालशंकर घिमिरेको अवकास स्वीकृति पनि सोमबार नै गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ४ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने