२०८१, ९ बैशाख आईतबार

मण्डनका कृषकलाई आधुनिक कृषि औजार

मण्डनका कृषकलाई आधुनिक कृषि औजार


धुलिखेल २६ साउनः काभ्रेको मण्डन देउपुर नरपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ ।

नगरपालिकाले एक सय ९ वटा हाते ट्याक्टर र २१ वटा थ्रेसर मेसिन वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा कृषि औजारका सामग्री वितरण गरिएको नगरप्रमूख टोक बहादुर वाइबाले जानकारी दिए ।

कृषि औजार वितरण गर्न ७४ लाख ६ हजार खर्च भएको छ । नरपालिकाभित्र कृषिको उत्पादकत्व बढाउन र कृषकहरुको जीवनस्तर सुधारका लागि आधुनिक औजार वितरण गरिएको नगरप्रमुख बाईवाले बताउनुभयो । ‘हामीले खेती प्रणालीमा आमूल परिवर्तन गर्न आवश्यक छ, नगरप्रमूख वाइबाले भने ‘हाम्रो नगरमा प्रशस्तै खेती योग्य जमिन छन् नयाँ प्रविधिमा आधारित खेती गर्न सक्यो भने मात्रै कृषकहरुको जीवनस्तरमा सुधार आउँछ ।

आधुनिक कृषि औजार पाए पछि किसानहरु पनि खुशी देखिएका थिए ।

यसैबीच नगरपालिकाले नगरभित्रका ३९ वडा विद्यालयलाई खेलकुद सामाग्री र फोहोर संकलन गर्नका लागि डस्वीन पनि वितरण गरेको छ । ५ लाख बराबरको खेलकुदका सामाग्री र डस्वीन वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रमूखमा निर्वाचित भएपछि नगरप्रमूख वाइबाले नगरपालिकाको शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता दिएका छन् ।

नगरभित्रका विद्यालयहरुमा दरबन्दी मिलानको काम सकिएको छ । नगरप्रमूख वाइबाले शिक्षकहरुको चौमासिक तलब पाउने ब्यवस्थालाई घटाएर निजामति कर्मचारी सरह मासिकले पाउने ब्यवस्था देखि टकिङ टिचर, इलेक्ट्रिक हाजिरी मेसिन देखि हरेक विद्यालयमा छुट्टा छुट्टै सुचना अधिकारीको समेत ब्यवस्था गराएका छन् ।

प्रकाशित मिति : २०७६, २६ श्रावण आईतबार  ७ : ४६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने