२०८१, १४ बैशाख शुक्रबार

काभ्रेको कोशीपारीमा बस दुघर्टना १५ घाइते, ३ जनाको अवस्था गम्भीर

काभ्रेको कोशीपारीमा बस दुघर्टना १५ घाइते, ३ जनाको अवस्था गम्भीर


काठमाडौं २१ बैशाख : काभ्रेको मादनकुडारीबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस शनिबार भुम्लु गाउँपालिका वडा नं ८ पौवामा दुर्घटना भएको छ ।

वा ४ ख १३८३ नम्बरको बस ब्रेक फेलभई दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाईतेहरुमध्ये तिनजनाको अवस्था गम्भीर रहेको प्रहरीले चौकी दोलालघाटले जनाएको छ ।
गम्भीर घाइतेहुनेहरुमा चौरीदेउराली गाउँपालिका वडा नं ७ शिशिर चौलागाई, बनेपा वडा नं ९ की १३ वर्षिय साधना चौलागाई र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं ७ सिन्धुकोट निवासी गाडी चालक ईश्वर कार्की रहेका छन् ।

धुलिखेल अस्पताल पुगेका ठाकुरनाथ गौतमका अनुसार घाइतेहरु चौरीदेउराली गाउँपालिका वडा नं ७ की शर्मिला चौलागाइ,देवेन्द्र लामा र दावा लामा,मादनकुडारी निवासी ७६ वर्षिय जवान सिं तामाङ, बनेपा नगरपालिका वडा नं ९ बस्ने लिला गौतम, चौरीदेउरादी वडा नं १ की सीता गौतम, त्यस्तै वडा नं ९ की छेसुन लामा र २ वर्षिय छोरी जेया लामा रहेका छन् ।

त्यस्तै चौरीदेउराली वडा नं ४ का सुनिल लामा,भुम्लु गाउँपालिका वडा नं ७ का शिवराज गिरी, बासु गिरी,चौरीदेराली गाउँपालिका वडा नं ७ की दुर्गदेवी चौलागाई, वडा नं ५ की बालकुमारी गौतम, रमा चौलागाइ रहेका छन् ।

यसैगरी रेशमकुमारी बुडाथोकी,राम्चे निवासी अनिसा गौतम,निरु पहरी,मैया सार्की,कविता सार्की र सुशिला सार्की रहेको दोलालघाट प्रहरी चौकीका प्रहरी जवान बिदुर दंगालले जानकारी दिए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।


प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार  ११ : २३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने