२०८१, १४ बैशाख शुक्रबार

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए

इजिप्टमा ४७ लडाकू र तीन सैनिक मारिए


कायरो, २७ फागुन : इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

“आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन्” सैन्य प्रवक्ता तामेर अल रेफैले भन्नुभयो ।

घटनास्थलबाट अरु झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकल उनीहरु बस्ने दुई घर नष्ट गरिदिएका छन् । सन् २०१३ मा तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरिएपछि उहाँका समर्थकहरुले इजिप्टमा आन्दोलन गर्दै आइरहेका छन् ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ६ : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने