२०८१, १० बैशाख सोमबार

रुखको जरा छोरीलाई दाइजो, नातीलाई उपहार

रुखको जरा छोरीलाई दाइजो, नातीलाई उपहार


सिन्धुली / मानिस राजनीतिमा लागेपछि अन्य पेशा छोडेको धेरै देख्न र सुन्ने पाइन्छ । तर यसको विपरित देखिएका छन् सिन्धुलीको ढकाल गाउँका विश्वम्भर लामिछाने । जागरले जस्तो सुकै काम पनि सिक्न र गर्न सकिन्छ भन्ने उदाहरण बनेका उनी ।

रुखका जराको सदुपयोग, त्यो पनि विभिन्न घटना क्रमलाई समेटिएका कलामा कुदेर, उनी उदाहरण बनेका हुन । उनका लागी जराकला सिकाउने कुनै गुरु थिएनन । जराबाट पनि केहि बनाउन सकिन्छ भन्ने सोँचेर उनले थाले अभियान अहिले सफल भएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक र व्यक्तित्व लगायतका विषय बस्तुका मुर्ति तयार गरि कमलामाई नगरपालिका ५ ढकाल गाउँका लामिछाने जरा कला मै आफ्नो फुर्सदको समय सदुपयोग गरिरहेका छन ।  उमेरले ५० को हाराहारी पुगेका लामिछाने पेशाले कानुन व्यवसायी हुन् । झन्डै २५ वर्ष भयो उनी कानुन व्यवसायीमा लागेको । खान र जहान पाल्न उनले कानुन व्यवसायी पेशा गरेपनि उनी कला प्रति उत्तिकै लगनशिल छन । घरमा बसेको समयमा साथिभाईसँग गफ गर्दा समेत उनले हातमा रुखका जरा लिएर खुर्कन थाल्छन ।

उनले अहिलेसम्म ३ सय जति आफना कला बनाइसकेका छन । एक वटा पनि विक्री गरेका छैनन । ‘मैले एउटा छोरीलाई दाइजो (उपहार) दिएँ, एउटा नातीलाई उपहार दिए, बाँकी सवै राखेको छु’ – लामीछानेले भने– ‘विक्री गर्नु नै म मर्नु हो कीनकी मैले बेचेको कला पछि कसले बनाएको हो कसैलाई थाहा हुँदैन । त्यसैले बेचेको छैन ।’ घरमा राखिएका कलाहरु हेर्न भने जो कोहिलाई सधै दिने गरेका छन ।  युद्धमा जनताको अवस्था देखाउने होस वा राष्ट्रका चर्चित भानुभक्त जस्ता कवि, रामायणकी पतिवर्ता सिता होस वा दासताको शिकार भएका महिला, पासाङ होस वा तेञ्जिङ शेर्पा सवैका मुर्तिहरु जस्ताको तस्तै उनले उतारेका छन । कोठाभरी सजाएर राखिएका रुखका जराहरुका प्राकृतिक चिज, जीव जनावर, सहिद गेट र चरा पनि उनले कलामा उतार्न भ्याएका छन् ।

उनीसँग जुत्ताले महिलाको शिरमा कुचिरहेको एउटा मुर्ति छ । यो मुर्तिले परम्पराले महिलालाई कसरी दास बनाएको छ भन्ने प्रस्ट देखाउन खोजेको उनले बताए । ‘मैले यो मुर्ति बनाए पनि मैले श्रीमतिलाई न्याय गरेको छैन’– मुर्ति समाउँदै लामिछानेले थपे, ‘हामीलाई परम्परा मेट्न साह्रै गाह्रो हुदोरहेछ ।’  उनलाई एउटा मुर्ति बनाउन कम्तिमा १५ दिन देखी बढीमा ६ महिना लाग्छ । लगानीको कुनै सिमा हुँदैन । हालसम्म १ लाखको हाराहारीमा उनले खर्च पनि गरिसकेका छन । द्वन्द्वका बेलामा उनले चिया पिउने पैसा बचाएर कला बनाउने पेन्टहरु पनि किने । ‘श्रीमतिले स्कुलमा पढाएर ल्याएको पैसा समेत जरा कलामा प्रयोग गरेँ’ लामिछानेले द्धन्द्धको वेला व्यवसाय नचले पछिका दिनलाई सम्झे ।

लामिछाने केहि समय राजनीतिमा पनि सक्रिय भए । वि.सं २०५१ सालमा भएको संसदिय निर्वाचनका नेकपा संयुक्त माक्र्सवादीको तर्फबाट सिन्धुली क्षेत्र नम्वर २ का उमेदवार पनि हुन उनी । चुनावमा हारेपछि उनी राजनीतिमा कम क्रियाशिल रहे । त्यसपछि वढी समय उनले सामाजिक क्षेत्रमा दिन थालेका छन । उनी २०५८ सालमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको सभापति भएर काम पनि गरे । राजनीति क्षेत्र भन्दा कला र सामाजिक क्षेत्रमा नै रमाउन थालेको उनले बताए ।

प्रकाशित मिति : २०७५, १० बैशाख सोमबार  १० : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने