२०८१, १४ बैशाख शुक्रबार

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नयाँ सरकारले जारी गराउँछ: ओली

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नयाँ सरकारले जारी गराउँछ: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा अनावश्यक दबाब दिएर राष्ट्रपतिलाई विवादमा तान्न खोजेको भन्दै नयाँ सरकारले अध्यादेश पारित गराउने बताएका छन् । वाम गठबन्धन, काठमाडौँद्वारा बुधबार आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘कुनै दल विशेषका लागि दुरुपयोग गर्ने माध्यम अध्यादेश हुन सक्दैन, निर्वाचनको ताजा जनादेशको परिणाम आइसकेपछि नयाँ सरकार गठन हुन्छ र नयाँ सरकारले उक्त अध्यादेश जारी गराउँछ ।’

नयाँ सरकार निर्माणका लागि संवैधानिक जटिलता नभई वर्तमान सरकारको सत्ता लिप्सा मात्र बाधक रहेको भन्दै ओलीले भने– ‘राष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र हो, कुनै कानुनी जटिलता छैन, जनताले अभिमत दिएर जटिलता फुकाइसकेको छ ।’

एमाले अध्यक्ष ओलीले उमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामापनि कुनै शंका नगर्न आग्रह गरे । उनले उनले एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई निल्ने नभई दुवैले दुवैलाई निलेर समाजवादोन्मुख तेस्रो नयाँ पार्टी बन्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा काठमाडौँ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो । एमाले र माओवादीको गठबन्धनले काठमाडौं जिल्लामा प्रतिनिधिसभाको १० मा ६ र प्रदेशसभाको २० मा १६ स्थानमा विजय हासिल गरेको छ ।

प्रकाशित मिति : २०७४, ५ पुस बुधबार  १० : ०४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने