२०८१, ९ बैशाख आईतबार

चन्द्र लामा भन्छन् – काभ्रे जिल्लालाई ३ नं प्रदेशकै नमुना जिल्ला बनाउँछु , (भिडियो सहित)

चन्द्र लामा भन्छन् – काभ्रे जिल्लालाई ३ नं प्रदेशकै नमुना जिल्ला बनाउँछु , (भिडियो सहित)


 बनेपा ।  प्रतिनिधि सभा काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ का वाम गठबन्धनका उमेद्वार चन्द्र लामा दाप्चाका सामान्य किसान परिवारबाट राजनीतिमा आएका युवा व्यक्तित्व हुन् ।

श्रीकृष्ण मावि दाप्चामा कक्षा ८ मा अध्ययन गर्दैगर्दा २०४९ सालमा उनले अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । उनी उच्च शिक्षा हाँसिल गर्न काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आर।आर। क्याम्पसमा पुगे । क्याम्पसमा पनि उनले विद्यार्थी राजनीतिलाई निरन्तरता दिन क्याम्पसको प्रारम्भिक कमिटीको सदस्यको जिम्मेवारी लिएर विद्यार्थी अधिकारका लागि योगदान पु¥याएका थिए ।

युवा संघ नेपालको डराउने पोखरीको अध्यक्षको जिम्मेवारी सम्हालेका उनी इलाका कमिटी, जिल्ला कमिटी काभ्रेको सदस्यको जिम्मेवारी बहन गरेर सांगठानिक अनुभव हासिल गर्दै उनी ०६४ मा उक्त संगठनको जिल्ला अध्यक्ष भए । त्यसैसँगै युवा संघ नेपालको केन्द्रीय सदस्य र एमाले काभ्रेको जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाएका लामा युवा संघ केन्द्रीय सचिव हुँदै उपाध्यक्षको भूमिका निर्वाह गरिरहेका उनी अहिले प्रदेशसभाको उमेद्वार भएर जनतामा गइरहेका छन् ।

मानविकी संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका लामाले पार्टीलाई संकट आइलागेका बेला पार्टी कार्यकर्ता र आम जनताको सुरक्षाका निम्ति रक्षापंक्तीमा रहेर काम गरेका थिए । जसले पार्टी कार्यकर्ताहरुको मनोवललाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आफूले बहन गरेको जिम्मेवारीबाट संगठन निर्माण र परिचालनमा निपुणता हासिल गरेका लामा आफूलाई प्रदेशसभाको योग्य उमेद्वारका रुपमा उभ्याएका छन् ।

के छ चन्द्र लामाको योजना ?

सवल र समृद्ध नेपाल निर्माणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले देशका सम्पूर्ण युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने र नेपाललाई वैदेशिक रोजगारीको गन्तव्य स्थल बनाउने लामाका महत्वाकांक्षी सपना छन् । त्यही सपनाभित्र आम काभ्रेली युवाहरु पनि समेटिन्छन् जसले घरआँगन र परिवारसँगै देश छाडेको छ । विदेशमा पुगेका सबै नेपाली युवाहरुको सीप र दक्षतालाई नेपाली भूमिमा उपयोग गर्नका लागि प्रोत्साहित गर्न उनले बेग्लै कार्ययोजना समेत बनाएका छन् ।


उनले आफ्नो निर्वाचन क्षेत्रलाई ४ वटा क्लस्टरमा विभाजन गरी सम्पनन गर्ने योजनालाई जनतासामु सार्वजनिक गरेका छन् । ती योजनामा पनौती नगरपालिका भित्रको ऐतिहासिक तथा धार्मि सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, पनौती चक्रपथ सडकको निर्माण गर्ने, पनौतीमा निर्माण सामग्री ओसार्ने ट्रिफरहरुका लागि वैकल्पिक सडकको निर्माण गर्ने, नमोवुद्ध दाप्चामा कालोपत्रे शुरुवात भएको सडकलाई पीपलटार शिखरआम्बोटेसम्मै कालोपत्रे गरी वीपी राजमार्गमा लगेर जोड्ने योजना सम्पन्न गर्ने प्रतिवद्धता जनतासामु गरेका छन् । यसैगी दाप्चा भेगमा पानीको समस्यालाई हल गर्न निर्वा्चित भए लगत्तै नमोवुद्ध, दाप्चा खानेपानी गुरुयोजना बनाएर अगाडि बढाउने उनको कार्ययोजनाभित्र रहेको छ ।

त्यसैगरी उनले रोशी भेगको आफ्नो निर्वाचन क्षेत्रभित्र सडक, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका लागि विशेष योजना निर्माण गरी कार्यान्वयन गर्ने योजना बनाएका छन् । उनले रोशीको पानीलाई जलासायको रुपमा विकास गरी अधिकतम उपयोगमा ल्याउने योजना बनाएका छन् । त्यसैगरी काभ्रको कर्णाली भनेर चिनिएको डाँडापारि क्षेत्रमा महाभारत जडिबुटि प्रसोधन केन्द्र, डाँडापारिमा सुविधासम्पन्न क्याम्पस, खानेपानी, डाँडापारि भेगलाई जोड्ने विभिन्न सडकहरुलाई बाह्रैमास सञ्चालन गर्नेगरी आफ्नो योजना रहेको मतदाताका बीचमा राख्दै उनले मत मागिरहेका छन् । त्यसैगरी तालढुंगामा सुविधा सम्पन्न अस्पतालको निर्माण गरी जनताको स्वास्थ्य सेवामा समुचित ध्यान आफूले दिने अभिव्यक्ति दिएका लामाले पर्यटन उद्योगको विकासका लागि होमस्टेहरुको निर्माण र सदुभावपूर्ण संग्राहलयहरुको निर्माणमा आफूले जोड दिने योजना अघि सारेका छन् ।

कृषि कर्ममा लागेका काभ्रेली किसानहरुलाई आत्मनिर्भर बनाउने सपना लामासँग छ । जिल्लामा रहेका उत्पादनयोग्य भूमिको चक्लाबन्दी र त्यसमा सिंचाईको उचित प्रवन्ध मिलाएर आधुनिक कृषि औजारहरुको उपयोग गर्दै किसानलाई सम्पन्नशाली बनाउने सपना लामाले बोकेका छन् । काभ्रेमा विद्युत ऊर्जाको राम्रो सम्भावना देखेका उनले वाम गठबन्धनबाटै यसको योजना र कानुन निर्माण गरी कार्यान्वयन गर्ने विश्वास दिलाएका छन् । जसले काभ्रेली जनतालाई थप समृद्धशाली बनाउन सहयोग पुग्ने लामाको विश्वास छ । जिल्लाको यातायात क्षेत्रलाई पनि पनि व्यवस्थित बनाउने लामाको योजना रहेको छ । काभ्रे जिल्ला प्रदेश नं। १ को प्रदेश ‘ख’ का लागि साझा वामको तर्फबाट उमेद्वारी दिएका लामा समाजको सबै कुराको व्यवस्थापन सहित सुशासन र अग्रगतिका लागि पार्टी एकीकरणसम्मको लक्ष्य राखेर वाम गठबन्धन भएको बताउँछन् ।

पार्टी र वगठबन्धनले निर्देशित गरेको समृद्धिको सपनालाई विशेषगरी प्राकृतिक श्रोत र सम्पदाहरुको समुचित उपयोग गरी राष्ट्रिय पूँजीको विकास गर्दै देशलाई समृद्धिको बाटोमा वामहरुले डो¥याउने विश्वास लामालाई छ । वामपन्थीको सरकारले पाँच वर्ष्भित्रमा नै आयात गरिरहेको देशलाई निर्यात गर्ने देशमा रुपान्तरण गर्ने लामाले ठोकुवा गरेका छन् ।

 

प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार  ६ : २२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने