२०८१, ४ बैशाख मंगलबार

डेंगु कीटमा अस्पतालको ठगी धन्दा, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

डेंगु कीटमा अस्पतालको ठगी धन्दा, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली


काठमाडौं,भदौ २९: डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।

मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।

हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । महाशाखाका निर्देशक डा. लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए । उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ ।’

ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएको हो या होइन जानकारी हुन्छ । यस्तै, जाँचसँगै लक्षणलाई आधार मानेर डेंगु पत्ता लगाउन सकिने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइट ब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिन सक्छ ।

सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा. अनुप बाँस्तोलाले डेंगु परीक्षणका लागि कीट आवश्यक नपर्ने बताए । कीटमा चरम राजनीति भएको भन्दै उनले भने, ‘प्रकोपका रूपमा डेंगु फैलिएको छ । त्यसकारण, कीट जरुरत छैन । डब्लूबीसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट परीक्षण गर्ने र लक्षणका आधारमा डेंगु भएको हो या होइन, पहिचान हुन्छ ।’

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षाको समय सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी तथा मांसपेशी कडा रूपमा दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुका लक्षण हुन् । डेंगु संक्रमितको संख्या अझै बढ्ने चिकित्सकले बताएका छन् ।

सरकारले डेंगु रोकथामका लागि १० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । सो रकम ‘खोज र नष्ट गर’ जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ । तर, सो रकम केही जिल्लामा प्रयोगमा आउन नसकेको पाइएको छ ।

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  ६ : ४९ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता