२०८१, १० बैशाख सोमबार

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन

बहाना–नेटै चलेनः ‘स्मार्ट’ मालपोतमा एक घण्टाको काम सक्न चार दिन


काठमाडौं, भदौ २६ :चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो । तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन ।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ ।

इलामको सूर्योदय मालुमका जीवन नेपालले मालपोतको सेवा पहिलेभन्दा ढिलोजस्तो लागेको बताए । उनका अनुसार कहिले इन्टरनेटले त कहिले विद्युत्ले काम नगरेको भन्दै कर्मचारीले ढिलाइ गर्छन् ।

रजिस्टे«सनको कामले गति लिए पनि सेवाप्रवाहमा ढिलाइ भएको सेवाग्राहीको गुनासो छ । डिजिटल रजिस्टे«सन सुरु भएपछि विगतमा एक दिनमा हुने काम तीन दिनमा बनेको चौबिसे गाउँपालिकाका सुरेन्द्र चेम्जोङले बताए । इन्टरनेट र अन्य प्रविधिको समस्या देखाएर कर्मचारीले काम अड्काएर रकम लिने गरेको सेवाग्राहीको गुनासो छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार  ७ : १४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने