२०८०, १६ चैत्र शुक्रबार

सुपरभाइजरलाई हत्या गर्न खोजेको ठहर

सुपरभाइजरलाई हत्या गर्न खोजेको ठहर


धादिङ, २३ भदौ : सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ ।

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को पेसीमा सजाय निर्धारण गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो ।

विसं ०७५ जेठ २२ गते तामाङलाई घरबाट अपहरण गरी गङ्गाजमुना गाउँपालिका–१ ताजिम्राङका जङ्गलमा लगेर गोली र खुँडाले प्रहारी गरी फालेका थिए । घटनापछि गाउँलेले उद्धार गरि उपचारका लागि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा पु¥याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पतालमा लगिएको थियो ।

ज्यानमार्ने उद्योगअन्तर्गत जिल्ला अदालत धादिङमा विसं २०७५ भदौ ११ गते उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आरोपित कसुरदार ठहरिएपछि असोजको पहिलो साता जिल्ला अदालतले कसुर अनुसार उनीहरुलाई कैद तथा जरिवाना निर्धाण गर्ने अदालतको आजको आदेशमा उल्लेख छ ।

सो घटनामा खनीयबास गाउँपालिका–४ निवासी २५ मनोजकुमार गुरुङ, २३ वर्षीय छिरिङ तामाङ, २५ वर्षीय श्याम तामाङ, २६ वर्षीय दलबहादुर तामाङ, २६ वर्षीय बसन्त गुरुङ, २६ वर्षीय रेमन तामाङ, २५ वर्षीय दमजे तामाङ, २६ वर्षीय जङ्गबहादुर तामाङ, २६ वर्षीय रामबहादुर तामाङ र २६ वर्षीय विर्षबहादुर तामाङ संलग्न रहेको बताइएको छ ।

सल्लेरी ताजिम्राङ सडकमा सुपरभाइजरको रुपमा रहेका पीडितसँग चन्दा मागेपछि चन्दा नपाएको नहुँमा उहाँमाथि आक्रमण भएको स्थानीयवासी सन्तबहादुरले राससलाई बताउनुभयो । सो सडक निर्माणका लागि गाउँपालिकाले रु ६० लाख बजेट विनियोजन गरेको थियो । रासस

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  १० : ०३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय