२०८०, १५ चैत्र बिहीबार

अपहरणकारी समातियो, अपहरित बालिकाको प्रहरीद्वारा उद्धार

अपहरणकारी समातियो, अपहरित बालिकाको प्रहरीद्वारा उद्धार


काठमाडौं, २० भदौं :  प्रहरीले बालिका अपहरण गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकबाट अपहरणमा परेकी ५ वर्षीय बालिकाको रुपन्देही प्रहरीले आज सकुशल उद्धार समेत गरेको छ ।

रुपन्देहीको रोहीणी–२ स्थित बैकुण्ठपुर घर भई भैरहवामा मासु पसल सञ्चालन गर्दै आएका असफाक अहमद खान की ५ वर्षीया छोरी घरको आगनमा खेल्दै गरेको अवस्थामा आज बिहान अपहरणमा परेकी थिइन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा अहमत खानको परिवारले मासु पसल सञ्चालन गर्दै आएको थियो ।

प्रहरीले अपहरित बालिकाको रोहीणी गाउपालिका–२ रोहिणी पुल नजिकको जङ्गलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

अपहरणकारीले बालिकालाई जङ्गलमा मुख थुनी नियन्त्रणमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बालिकाको उद्धारसँगै अपहरणकारी जिल्ला महराजगञ्ज थाना निच्लल ग्राम मिठौराबजार भारत घर भएका व्यक्ति हुन् । उनी हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–७ कोटिहवामा डेरा गरी बस्दै आएका थिए । अपहरणकारी पेन्टरको काम गर्ने २३ वर्षीय मनिष निगमलाई नियन्त्रण गरेको प्रहरी प्रवक्ता भण्डारीले जनाएका छन् । पक्राउ परेका निगमलाई थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
–––

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ८ : ०२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय