२०८०, १६ चैत्र शुक्रबार

रेडक्रसले बाँडेको बोका गाउँलेले मासु खाए !

रेडक्रसले बाँडेको बोका गाउँलेले मासु खाए !


गोरखा, २३ साउन:सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भन्नुभयो ।
उहाँले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उहाँको आमा हुनुभएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताउनुभयो । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभँैसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”

वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करीब रु ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताउनुभयो । “रु ३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ”, उहाँले भन्नुभयो, “पाल्न नसक्ने भए पनि हामी अर्र्को किसानलाई वितरण गथ्र्यौं उनीहरुले हामीलाई खबर पनि गरेनन् ।” रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो । रासस

प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार  ७ : ३९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय