२०८१, ९ बैशाख आईतबार

पानी नपरे पनि एकाएक बाढी

पानी नपरे पनि एकाएक बाढी


काठमाडौं ,साउन १७ : गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो ।

बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आउने क्रम अझ पनि जारी छ । बिहीबार एक एकाएक बाढी आउँदा सो क्षेत्रमा आतंक सिर्जना भएको थियो ।

गत बुधबार दिउँसो लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो । बाढीमा बगेका केही अझै बेपत्ता छन् । दोर्दी गाउँपालिका –६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो ।

तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेल र हरिकृष्ण गौतमले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने