२०८१, १३ बैशाख बिहीबार

तेमालको टाङटुङ झर्नामा क्यानोनिङको सफल परीक्षण

तेमालको टाङटुङ झर्नामा क्यानोनिङको सफल परीक्षण


काठमाण्डौ २६ असार : काभ्रेको तेमाल गाउँपालिकामा गरिएको हासिक खेल क्यानोनिङको परीक्षण सफल भएको छ । गाउँपालिकाको वडा नम्बर ६, ठूलोपर्सेलमा रहेको बन्दीबा खोलाको टाङटुङ झर्नामा क्यानोनिङ परीक्षण गरिएको हो ।

बुधबार गरिएको परीक्षणमा क्यानोनिङ गाइडको सहयोगमा गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा र उप प्रमूख दुर्गा माया तामाङले समेत टाङटुङ झर्नामा क्यानोनिङ खेलको मज्जा लिए ।
वडा कार्यालयको आर्थिक सहयोगमा गरिएको परीक्षण सफल भएपछि क्यानोनिङ तेमाल भेगमा पर्यटनहरुका लागि अर्को महत्वपूर्ण पाटोको रुपमा लिइएको छ ।

तेमालको पर्यटन विकासमा क्यानोनिङ खेलले महत्वपूर्ण भूमिका खेल्ने तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह लामाले बताए । ‘गाउँपालिकामा रहेको प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा चिनाउन क्यानोनिङ सफल भएको छ, पालिका प्रमूख लामाले भने ‘यसलाई अझ प्रभावकारि बनाउन प्रचारप्रसारको खाँचो छ, हामी त्यता तिर लाग्छौँ ।’

पालिका उपप्रमूख दुर्गामाया तामाङले क्यानोनिङको तालिम नै दिने गरी योजना बनिरहेको जानकारी दिइन् । ‘हामीले यहाँका युवालाई तालिम दिएर दक्ष बनायौँ भने यहीँका मानिसले रोजगार पाउँछन्, जसले गर्दा तेमालमा आउने पैसा अन्यत्र जादैँन्, हामी कसरी हुन्छ तेमालाई समृद्ध बनाउने ध्याउन्नमा छौँ ।’ उनले तेमालमा साँस्कृतिक पर्यटनसँगै क्यानोनिङ खेललाई पनि प्रवद्र्धन गरेर अघि बढ्दा स्थानीयहरुको आयआर्जनमा समेत बृद्धि हुने बताइन् ।

वडा नम्बर ६ का वडाध्यक्ष बिकु लाल मोक्तानले वडाको मात्रै नभएर सिँगो तेमाल भेगकै पर्यटनलाई क्यानोनिङले जोडेको बताए । उनले परीक्षणका लागि १ लाख रुपैयाँ विनियोजन गरेको समेत बताए । ‘टाङटुङ झर्नालाई हामीले हासिक खेलका रुपमा विकास गर्न खोजेको हौ, उनले भने सफल पनि भयो, अब यसलाई थप ब्यवस्थित योजना बनाएर अघि बढ्ने छौँ ।’

क्यानोनिङ परीक्षणमा ४२ जनाले सहभागिता जनाएका थिए । तेमालमा क्यानोनिङको परीक्षण गर्न प्रशिक्षक रत्नमान तामाङको टोली पुगेको थियो । तामाङले सन् २००६ देखि क्यानोनिङ खेलमा आबद्ध छन् । ‘यो झर्नामा क्यानोनिङको सफल परीक्षण भयो, उनले भने ‘हामी पनि सहयोग गर्छौ, तेमालको पर्यटन विकासलाई ।’ उनले तेमालमा क्यानोनिङ जस्तै हाइकिङ, प्याराग्याइडिङ, र्याप्टिङको समेत उत्तिकै सम्भावना रहेकाले त्यहि अनुसार योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कसरी गरिन्छ क्यानोनिङ ?
क्यानोनिङ गर्ने ब्यक्तिलाई सबैभन्दा पहिला म्याप उपलब्ध गराइन्छ । उनीहरूलाई हेल्मेट, थर्मल सुट, नचिप्लिने खालको जुत्तालगायतका स्पेसल इक्विपमेन्ट उपलब्ध गराइन्छ । र, उसका लागि डोरी फिक्स गरिन्छ । अनि उनीहरूलाई कसरी झर्ने भन्नेबारे ब्रिफिङ गरिन्छ ।

क्यानोनिङका गाईड पनि साथैमा रहन्छन् । विभिन्न ठाउँमा किला गाडेरा डोरी एंकरिङ बनाइएको हुन्छ । त्यसैका आधारमा झरनामा रुझ्दै क्यानोनिङ गरिन्छ । बीचमा पानी जमेको, ताल हुन सक्छ, त्यहाँ चिप्लिने पौडी खेलेर मज्जा लिन सकिन्छ । त्यस्तै, झरना तहतह परेको छ भने डोरी परिवर्तन गर्दा झर्न पनि सकिन्छ ।

प्रकाशित मिति : २०७६, २६ असार बिहीबार  ९ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने