२०८०, १५ चैत्र बिहीबार

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला


काठमाडौं, २४ असार : महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।

शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी (एनएसए), विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी) जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् । एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्यावको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उहाँले बताउनुभयो । शर्मा भन्नुहुन्छ– एचआरलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रकृया अघि बढ्छ । उहाँका अनुसार एचआरएलले न्यानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर, तीब्र गति र उच्चशक्तिका नवीनतम उपकरण तयार गर्दै आएको छ ।

सन् १९६० मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको सो संस्था अमेरिकी एएस ९१०० गुणस्तर प्राप्त कम्पनी हो । क्यालिफोर्नियाको मालिबुमा अवस्थित सो ल्यावको स्वामित्व हाल जीएमसी र बोइङ कम्पनीले लिएका छन् । व्यावसायिक र गैरव्यावसायिक दुवै प्रकृतिका सामग्री उत्पादन गर्ने एचआरएलले विशिष्टीकृत परियोजनालाई मात्रै ग्रहण गर्दैआएको छ । सन् २०१३ मा सिनियर प्रोसेस डेभलपमेन्ट इन्जिनियरका रुपमा सो कम्पनीमा आवद्ध शर्मा सन् २०१५ यता पूर्णकालीन इन्जिनियरिङ स्पेसलिस्टका रुपमा कार्यरत हुनुहुन्छ । अमेरिकी रक्षा विभाग (डार्पा), विश्वमै चिनिएको हवाई उत्पादक कम्पनी (बोइङ) जस्ता संस्था र कम्पनीले प्रयोग गर्ने उपकरण उत्पादन गर्ने निकाय हो ।

सो कम्पनीमा आवद्ध हुन अमेरिकी नागरिक पहिलो प्राथमिकतामा दिइने गरिएको बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘धेरैजसो अमेरिकी र युरोपेली छन्, एसियाका साथीहरु ज्यादै थोरै मात्र छन् ।’ शर्माले प्रष्ट्याउँदै भन्नुभयो–‘आफ्नो प्रशंसा आफै गर्नु उपयुक्त नहुन सक्छ, म अहिले जुन कम्पनीमा आवद्ध छु यो उपलब्धि म र मेरा आफन्तका लागि मात्रै होइन, समग्र नेपाल र नेपालीले पनि गर्व गर्ने विषय हो ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

भारत, पाकिस्तान, भियतनाम, फिलिपिन्स, दक्षिण कोरिया लगायत एसियाली मुलुकबाट केही अनुसन्धाता एचआरएलमा आवद्ध भएपनि प्रायसबैले विगतमै अमेरिकी नागरिकता लिइसकेका उहाँले जानकारी दिनुभयो । शर्मा माइक्रोसिस्टम प्रविधिमा विद्यावारिधि गर्ने सम्भवतः पहिलो नेपाली महिला हुनुहुन्छ । उहाँले स्वीडेनको उप्साला विश्वविद्यालयबाट पीएचडी र यूनिभर्सिटी अफ क्यालिफोर्नियाबाट ‘मेकानिकल र एरोस्पेस इन्जिनियरिङ’मा पोस्ट डक्टे«ट गर्नुभएको छ ।

कपिलवस्तुको जमहरामा जन्मनु भएकी शर्माले विद्यालयतहको शिक्षा काठमाडौंको सिद्धार्थ बनस्थली इस्टिच्यूटबाट पूरा गर्नुभएको थियो भने अमृत साइन्स कलेजबाट आईएससी र काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको हो । उहाँले जर्मनीको म्यूनिखस्थित टेक्निकल यूर्निभरसिटीबाट हाई फ्रिक्वेन्सी प्रविधिमा स्नातकोत्तर गर्ने अवसर पाउनुभयो । उहाँ व्यवसायी श्रीमान् र १२ वर्षीय छोरासहितको सुखी परिवारकी सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ६ : ४७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय