२०८१, १३ बैशाख बिहीबार

जातीय भिडन्तमा परी २२ जनाको मृत्यु

जातीय भिडन्तमा परी २२ जनाको मृत्यु


जुबा, १६ जेठ: जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन् ।

यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिनुभयो । “मङ्गलबार विहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो,” उहाँले भन्नुभयो ।

दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २०७६, १६ जेष्ठ बिहीबार  ६ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने