२०८१, ७ बैशाख शुक्रबार

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो


विराटनगर, बैशाख २४ :प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो ।

सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको हुन् र यो प्रस्तावको पक्षमा दुई तिहाइ मत खसेको छ ।

राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ संसद्मा ९३ सदस्य छन् । प्रदेशसभा सदस्य कांग्रेसका ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधर, नेकपाका गणेश काङमाङ संघीय समाजवादीमा फोरमका रामचन्द्र लिम्बु र राधा थापा मतदानमा अनुपस्थित थिए । यो समाचार किशोर बुढाथोकीले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ६ : ४६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता