२०८१, ७ बैशाख शुक्रबार

प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित

प्रदेश नं १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित


विराटनगर, २३ वैशाख : दुईतिहाइ बहुमतले प्रदेश नं १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभयो भने भने विपक्षमा कुनै मत परेन । नेपालको संविधानको धारा ८८(२) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ५८क (१७) (पहिलो संशोधनद्वारा संशोधित) बमोजिम प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले पेश गर्नुभएको थियो ।

सो सम्बन्धमा प्रदेशसभाको बैठकमा चार वटा प्रस्ताव दर्ता भएको थियो । विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की, धनकुटाका लागि सदस्य लीला सुब्बा तथा धनकुटाकै लागि निरन राई दर्ता गराउनुभएको प्रस्ताव उहाँहरुले फिर्ता लिनुभएपछि उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो । बैठकमा प्रदेशको स्थायी राजधानीका लागि बनेको नियमावली पनि आजैबाट निलम्बन पनि भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो भने सो नियमावली निलम्बन गर्न सदस्य बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा सदस्य जयराम यादवले समर्थन जनाउनुभएको थियो । प्रदेश नं १ को स्थायी राजधानी विराटनगर नै भनिए पनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।

आफ्ना प्रस्ताव फिर्ता लिँदै सदस्य केदार कार्कीले आर्थिक, सामाजिक, राजनीतिक र पूर्वाधारका हिसाबले प्रदेश नं १ स्थायी राजधानी विराटनगर कायम हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले कार्यपालिका तथा व्यवस्थापिकाका नयाँ संरचनालाई छरिएर होइन एकै ठाउँमा बन्नुपर्ने धारणा राख्नुभयो ।

प्रस्तावक भण्डारीले प्रदेश सरकारले दुई तिहाइको दम्भबाट नभएर सबैको भावना र आकाङ्क्षालाई पूरा गर्न प्रदेशको राजधानी विराटनगर कायम गरेको बताउनुभयो । सदस्य जयराम यादव र इन्दिरा राईले एतिहासिक महत्व बोकेको विराटनगर राजधानी कायम हुनु निकै खुशी व्यक्त गर्दै सत्तापक्षले संरचना निर्माणका विषयमा प्रतिपक्षसँग गरेको भद्र सहमतिलाई पालना गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का सदस्य विष्णु तुम्वाहाम्फेले समस्याग्रस्त विराटनगरमा राजधानी कायम हुनु उपयुक्त नरहेको धारणा राख्नुभयो । प्रदेश नं १ को तेस्रो अधिवेशन आज राति १२ बजेबाट अन्त्य भएको सभामुख भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाम्फेले पठाउनु भएको पत्र पढेर सभामा जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ९ : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता