Logo

सहकारीको अभियान हरेक वडासम्म पुग्नु जरुरी छ : केशव बडाल

बडाल सहकारी विज्ञ हुन् । उनको नेतृत्वमा सहकारी ऐन, कानुन, कार्यविधि बनाउने देखि सहकारीलाई ब्यवस्थित बनाउने सम्मका काम भएका छन् । हाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रहेका बडालसँग ६२ औँ सहकारी दिवसका पारेर गरिएको कुराकानी :

० राष्ट्रिय सहकारी दिवसलाई महासंघले कसरी मनाउने तयारी गरेको छ ?
– २०१३ साल चैत्र २० गते नेपालमा आधिकारिक रुपमा सहकारी दर्ता भएको दिन थियो । चितवनको बखान नामको त्यस सहकारी संस्था दर्ता भएको त्यही दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइँदै आएको छ । हामीले देशका ७७ वटै जिल्लामा यो दिवस मनाउने निर्णय गरेका छौं । गत वर्ष र अहिले पनि सन् २०१५ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघले निर्णय गरेको र अन्तर्राष्ट्रिय सहकारी महासंघले पनि आफ्नै कार्यक्रमको रुपमा स्वीकार गरेको १७ बुँदे दिगो विकास लक्ष्यलाई हामीले आत्मासाथ गरेका छौं । यो सँगै १६९ गन्तव्यलाई पनि नेपालका सहकारीहरुले स्वीकार गरेका छन् । यी लक्ष्य र गन्तव्यमा पुग्नका लागि लागि यो वर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा पनि हिजो जस्तै क्रियाशील हुनेछन् ।

अब आउने वर्ष २०७६ को चैत्र २० गतेसम्म दिगो विकास लक्ष्य प्राप्तिको निम्ति सहकारी भन्ने थिम राखेर ७७ वटै जिल्लामा पत्रचार महासंघबाट भइसकेको छ । सबै जिल्लामा सहकारीसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर यो दिवसलाई भव्य रुपमा मनाइँदैछ । कतिपय स्थानमा सप्ताहव्यापी रुपमा पनि यो दिवस मनाउने तयारी गरिरहेका छन् । त्यसमा विभिन्न रचनात्मक कार्यक्रम समेत हुनेछन् । जहाँ जे सम्भव छ, जस्तो कृषि उत्पादन प्रदर्शन, रक्तदान, वृक्षरोपण जस्ता कार्यक्रमहरु मौसम र स्थिति अनुसार सम्पनन गर्न सकिनेछ । २० गते चाहिं सबै सहकारीकर्मीहरु ¥याली सहित सडकमा आउने गरी कार्यक्रम गर्न पत्रचार भइसकेको छ । हरेक वर्ष जस्तै १९ गते चाहिं इन्डोर कार्यक्रम राष्ट्रिय सभागृहमा सम्पन्न गरिनेछ । यो कार्यक्रमलाई हामीले विशेष र प्रभावकारी बनाउने प्रयास गरेका छौं । जहाँ प्रधानमन्त्रीदेखि विषयगत मन्त्री, सहकारीसँग संवद्ध सबै निकायको संयुक्त सहभागिता हुनेछ । उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नेछौं । खुल्ला कार्यक्रम भने भोलिपल्ट हरेक जिल्लाका सदरमुकाम र चोक बजारमा हुनेछन् । त्यसका तयारीका लागि सबै सहकारीकर्मीहरु अलिहे जुटिरहेका छन् ।

० तपाईहरुले दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने नारा पनि तय गर्नुभएको रहेछ, खासमा यसले दिनखोजको सन्देश चाहिं के होला ?
–संयुक्त राष्ट्रसंघले सन् २०१५ सेप्टेम्बरमा नेपाल सहित १९३ राष्ट्रले हस्ताक्षर गरेको यो दिगो विकासको लक्ष्य हो । यो लक्ष्य सन् २०१६ को जनवरी १ बाट शुरु भएर सन् २०३० डिसेम्बर ३१ सम्ममा पूरा गर्नुपर्नेछ । जसमा भोकमरी, विभेदमुक्त लगायत महत्वपूर्ण १७ वटा बुँदामा र अन्य १ सय ६९ वटा सूचकलाई पूरा गर्नुपर्नेछ । यसको निम्ति राष्ट्रिय सहकारी महासंघको आयोजनामा नेपालमा हामीले दोस्रो महासम्मलेन पनि सम्पन्न गरिसकेका छौं । यो महासम्मेलनको मुख्य लक्ष्य नै दिगो विकासका लागि सहकारी भन्ने उद्देश्य राखिएको थियो । जसमा वर्तमान अर्थमन्त्रीले विशेष कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

यसरी दिगो विकास लक्ष्य प्राप्तिका लागि किटान गरिएको १७ बुँदाको बुँदागत रुपमा विभिन्न कार्यक्रम देशभर भएका छन् । महिला, युवा, ग्रामीण क्षेत्र, पीछडिएका क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु भएका छन् । राष्ट्रिय सहकारी महासंघले दोस्रो महासम्मलेनमा जुन लक्ष्य प्रस्तुत गरेको थियो त्यसलाई राष्ट्रिय योजना आयोगले पनि आत्मसाथ गरेको छ । नेपाल सरकारले पनि सन् २०३० सम्मको लक्ष्यभित्र यसलाई समेटेको छ । आयोगले अगामी साउनबाट लागू हुने पञ्वर्षीय योजनामा मुख्य आधार बनाएको छ । यी सबै गतिविधिलाई नियाल्दा मलाई लाग्छ, दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले अगामी बजेटमा विशेष व्यवस्था समेत गर्नेछ ।

राज्यको नयाँ संरचनाअनुसार सहकारी अभियानका के कस्तो समस्याहरु देख्नु भएको छ ?
–नयाँ संरचनामा समस्याहरु हुन स्वभाविक हो । यसअघि एउटा मात्रै सरकार थियो । अहिले ७ सय ६१ वटा भएका छन् । यसभित्र ४ सय ६० गाउँपालिका, २ सय ७६ नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिका गरी ७ सय ५३ वटा स्थानीय सरकार भएका छन् । यस्तै ७ वटा प्रदेश सरकार र १ संघीय सरकार बनाइएको छ । यसमा चाहिं हामीले गत वर्षको माघ महिनामा हरेक स्थानीय सरकारले बनाउनु पर्ने सहकारी ऐन सहकारी मैत्री बनाउन पहल ग¥यौं । त्यसका लागि संघीय सरकारको ऐनसँग नबाझिने गरी आफ्नो भूगोल र आवश्यकताका आधारमा ऐन बनाउनका निम्ति नमूना विधेयक समेत राष्ट्रिय सहकारी महासंघले उपलब्ध गराएको थियो । यसपछि राज्यका सम्वद्ध अंगसँग छलफल गरेर, डेलिगेशन गएर सम्मानीय प्रधानमन्त्री, शिक्षा मन्त्री, सहकारी मन्त्री, अर्थ र सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रीसँग संयुक्त रुपमा भेटेर स्थानीय तहमा सहकारीताको आवश्यकता र महत्व एवं यसको दर्शन, सिद्धान्त, मूल्य र मान्यता बुझेका अधिकृतहरुको व्यवस्था गर्न सुझाव दिएका थियौं । यो हामीले विविध समस्या देखेर पहल गरिएको हो ।

यदि सहकारीलाई बुझेका अधिकृत भएनन् भने तालिम दिएर मात्रै खटाउन हामीले अनुरोध गरेका थियौं । त्यसका लागि आधार पनि दियौं । अर्कोकुरा यतिले मात्रै पुग्दैन भनेर ७ वटै प्रदेशमा महासंघले स्थानीय तहका प्रमुख र उपप्रमुख, कार्यकारी अधिकृत लगायत सम्बन्धित जिल्लाका सहकारी संघका अध्यक्ष र ती जिल्लाबाट महासंघमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, सञ्चालकको समेत सहभागितामा संयुक्त कार्यक्रमहरु कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा सम्पन्न गरेका छौं । कर्णली प्रदेशमा पनि आगामी बैशाख महिनाभित्र भइसक्नेछ । यसो गर्नुको मुख्य उद्देश्य भनेकै संविधानले सहकारीका सम्बन्धमा गरेका व्यवस्थाहरुको बारेमा स्थानीय तहलाई जानकारी गराउनु नै हो । हरेक स्थानीय सरकारलाई सहकारीसँग सहकार्य गराउन पहल गर्नु हो । सरकारले पनि तीन खम्बे अर्थनीति अबलम्बन गरेकै छ । यसलाई सफल बनाउनको निम्ति स्थानीय सरकार र सहकारीको सहकार्यका लागि हामीले पहल गरिरहेका छौं । यस बारेमा विभिन्न जिल्ला र प्रदेश तहमा समेत कार्यक्रमहरु निरन्तर चलिरहेका छन् । यो पटक पनि स्थानीय तहसँगको सहकार्यलाई अझै मजबुत बनाउनका लागि विशेष कार्यक्रमहरु हामी जे गर्न सक्छौं त्यो कार्यक्रमहरु ल्याउँदै छौं ।

० अहिले नेपाली सहकारी अभियानका खास समस्या चाहिं के हुन त ?
–हामीले प्रदेश र जिल्ला तहमा एक किसिमले यसका समस्याका बारेमा बुझाउने प्रयास गरेका छौं । तर त्यो कत्तिको व्यवहारमा आयो भन्ने कुरो बुझ्न जरुरी छ । त्यसैले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सहकारी क्षेत्रले सशक्त भूमिकाका साथ अगाडि बढाउनु पर्ने भएकाले स्थानीय तहले आफ्नो हिसाबले ऐन कानुन बनाएका छन् । त्यसैले भोलीको आधार तयार गर्न पनि सहकारीको दर्शन, सिद्धान्त, मूल्य र मान्यतालाई अध्ययन गर्ने, व्यवहारमा त्यसलाई लागू गराउने स्थानीय सहकारीको वृद्धि विकास तथा प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको छ ।

त्यसका लागि हरेक पालिकामा सहकारीलाई बुझेका अधिकृतको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ । अब सहकारीलाई क्रियाशील कसरी गराउने भन्ने जस्ता समस्याहरु हाम्रा सामु छन् । यसको समुचित व्यवस्थाका लागि सबै स्थानीय तहले ध्यान दिनुपर्छ । यति मात्रै होइन, सहकारीले निर्यात बढाउन र आयात कम गर्ने दिशामा केन्द्रित गराउनु पनि छ । त्यस्तै भौतिक पूर्वाधार, तालिम, प्रशिक्षण गर्नुपर्ने आवश्यकता छ । म आग्रह गर्न चाहन्छु कि सबै स्थानीय जनप्रतिनिधिहरुलाई ठिक ढंगले दर्ता प्रकृया अगाडि बढाइ दिनुहोस् दर्ता भएकालाई सही रुपमा अनुगन गर्ने र सहकारीको मूल्य मान्यता र विधिलाई बुझाउने कामलाई प्राथमिकतामा राखिदिनुहोस ।
० महासंघले स्थानीय तहमा सहकारीको गतिविधि कसरी अगाडि बढाउनु पर्ने आवश्यकता अनुभूत गरेको छ ?
–मैले अघि पनि भने कि महासंघले प्रदेश र जिल्ला तहमा एक लेवलको काम गरिसकेको छ । अब जिल्ला सहकारी संघले वडा तहसम्म पुग्न जरुरी छ । यसमा विषयगत जिल्ला संघहरु पनि उत्तिकै क्रियाशील भएर लाग्नुपर्छ । काभ्रे जिल्लामा रहेका १३ वटै पालिकामा केन्द्रित भएर विषयत सहकारी संघहरुले संयुक्त रुपमा आफ्ना गतिविधीहरुलाई अगाडि बढाउनु पर्छ । तालिमहरु सञ्चालन गर्नुपर्छ । देशभरका निर्वाचित जनप्रतिनिधिहरुका बीचमा र वडाहरुमा सहकारीको गतिविधी सञ्चालन गर्न अनुरोध पनि गर्दछु ।

० जिल्ला सहकारी संघ काभ्रेको गतिविधिलाई तपाइले कसरी लिनु भएको छ ?
–जिल्ला संघ एउटा स्वायत्त संघ हो । देशका अन्य संघहरुलाई जस्तै काभ्रे जिल्ला सहकारी संघको गतिविधिलाई पनि मेरो नेतृत्वको महासंघले एकै रुपमा नियाली रहेको छु । त्यसैले सहकारीको ऐन, नियम, कानुन, दर्शन, सिद्धान्त, यसको मूल्य र मान्यतामा रहेर काम कर्तव्य पूरा गर्न सबैलाई अनुरोध गर्दछु । काभ्रे जिल्ला राजधानीसँग नजिक भएकाले पनि सबैसँग हातेमालो गरेर ६२ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउन जिल्ला सहकारी संघलाई विशेष अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्