२०८१, ८ बैशाख शनिबार

मेलम्ची खानेपानी आयोजनाः सिएमसी नफर्केपछि अन्योल, काम सकिन अझै दुई वर्ष लाग्छ

मेलम्ची खानेपानी आयोजनाः सिएमसी नफर्केपछि अन्योल, काम सकिन अझै दुई वर्ष लाग्छ


काठमाडौं, माघ ६ : मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो ।

‘ठेकेदार कम्पनीले हामीलाई आजसम्म कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन ।’ पुरानै ठेकेदार कम्पनी फर्काउन सके नेपाली सप्लायर्सको उठाउन बाँकी रकम उठाउन सजिलो हुन्छ भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए ।

सामान्य प्रक्रियामा गए मेलम्चीको काम सकिन अझै दुई वर्ष लाग्छ
ठेकेदार कम्पनीले काम छाडिसकेको अवस्थामा सामान्य प्रक्रियामा गए मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न हुन अझै दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ ।

नेपाल सरकारको ठेक्कासम्बन्धी नियम र एसियन डेभलपमेन्ट बैंक (एसडिबी) को सबै प्रक्रिया सम्पन्न गर्न नौ महिनाभन्दा बढी लाग्ने त्यसपछि ठेकेदार कम्पनीलाई काम सुरु गर्ने समय दिनुपर्नेलगायतको नियम रहेको कार्यकारी निर्देशक कँडेलले बताए ।

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ८ : ४४ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता