२०८१, ७ बैशाख शुक्रबार

काभ्रेको तालढुंगामा सिडियो र एसपी नाँच्दै (फोटो फिचर)

काभ्रेको तालढुंगामा सिडियो र एसपी नाँच्दै (फोटो फिचर)


तालढुंगा ७ असोज : गते काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिएको खानीखोला गाउँपालिका–५ तालढुंगामा २०७५ असोज ५ गते बृहत सांस्कृतिक कार्यक्रमसहित महिला हिंसा विरुद्व सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र खानीखोला गाउँपालिकाको संयुक्त आयोजनामा भएको सचेतना कार्यक्रममा नेता, सिडियो–एसपी र कलाकार सबै नाचेर भरपुर मनोरञ्जन लिएका छन् ।

देशमा बढ्दै गएको महिला हिंसाका घटना रोकथामका लागि नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानीय तहमा सचेतना कार्यक्रम संचालन गर्ने योजना अनुसार कलाकार सहितको टोली तालढुंगा पुगेको थियो ।

टोलीमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, निबर्तमान सांसद रामहरी सुवेदी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का, खानीखोला गाउँपालिका उपाध्यक्ष रुक्मेणी गुरुङ, राष्ट्रिय अनुसन्धान विभागका डिएसपी हरिश्चन्द्र श्रेष्ठ, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, जनविकास मावि तालढुंगाका प्रधानाध्यापक देशबहादुर वाइवा लगायत सरकारी अधिकारी, लोकगायक, पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजकोे सहभागिता थियो ।

खानीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले अध्यक्षता गरेको कार्यक्रममा लोकगायक गोकुल राउत र पार्वती कार्कीले हिंसाविरुद्धका गितहरू प्रस्तुत गरेका थिए । सचेतना कार्यक्रममा स्थानीय महिला र सर्वसाधरणसँगै नेताहरूसँगै सर्वसाधरण पनि नाँचेका थिए ।

काभ्रेपलाञ्चोकको कर्णाली भनेर चिनिएको तालढुंगामा सचेतना कार्यक्रम लिएर इतिहासमा नै पहिलो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी पुगेका थिए । उनी लगायतको टोलीलाई भव्य स्वागत गरिएको जानकारी प्राप्त भएको छ । यस कार्यक्रमको संयोजन मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले गरेका थिए ।

विद्यालय कार्यक्रम
यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा २०७५ असोज ५ गते बिहान जनविकास मावि तालढुंगामा प्र्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको उपस्थितीमा माध्यमिक तहका विद्यार्थीहरूवीच हिंसा, दुव्र्यवहार र आत्महत्या रोकथाम, बालअधिकार, मानवअधिकार आदिका विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का र मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले अन्र्तक्रियात्मक शत्र संचालन गरेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ९ : ०७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता