२०८०, १६ चैत्र शुक्रबार

हाम्रो संगठनले गलत कामको खबरदारी सधैं गर्नेछ

हाम्रो संगठनले गलत कामको खबरदारी सधैं गर्नेछ


विक्रम चौलागाई, अध्यक्ष युवा संघ नेपाल, काभ्रे

० के छ युवा संघ नेपाल काभ्रेको हालखबर ?

– युवा संघ नेपाल अहिले आफ्नो जुन विरासत छ त्यसलाई कायम राख्दै सरकारमा अहिले युवाहरुको प्रतिनिधित्व गर्दै र सडकमा पनि आफ्नो युवाहरुको आवाजलाई ज्वलन्त रुपमा बुलन्द गर्दै अगाडि बढिरहेको छ । अहिले देश संवृद्धिको दिशातिर अगाडि बढिरहेको छ । यसलाई साकार पार्नका लागि तमाम युवाहरुलाई सचेत बनाउँदै नयाँ नेपाल निर्माणको क्रममा गोलबन्द बनाएर अफ्नो अभियानलाई अगाडि बढाउँदै छ । हामी तमाम युवाहरुलाई समेटेर आफ्नो संगठन मजवुद बनाउँदै तमाम प्रगतिशील युवाहरुलाई सांगठानिक गतिविधि, सामाजिक, राजनीतिक र व्यवसायिक रुपले अगाडि बढाउनको लागि अभियानहरु हाम्रो जिल्लाको सबै भेग र बस्तीमा लिएर गइरहेका छौं ।

० जिल्लाका सबै स्थानमा तपाईको संगठनको गतिविधि पुगेको छ र ?

– अवश्य नै हामीले हाम्रो संगठनको गतिविधिलाई जिल्लाका सबै स्थानहरुमा पु¥याएका छौं र हामीले जिल्लाभित्र रहेका ७ नगर र ६ वटा गाउँपालिकाहरुमा हाम्रो कमिटीहरु शसक्त रुपमा गठन गरिएको छ । त्यही कमिटीबाट हाम्रा सांगठानिक गतिविधिहरु परिचालन भइरहेको छ । हामीले स्थानीय तहको निर्वाचनमा प्रभावकारी रुपमा युवाहरु परिचालन ग¥यौं । र काभ्रे जिल्लाका स्थानीय तहमा मातृ पार्टीको सान्दार विजय दिलाउन सफल भयौं । त्यसपछि भएको प्रदेश र संघको निर्वाचनमा युवा संघको नेतृत्वमा संयुक्त वाम गठबन्धनको युवाहरुलाई परिचालन गर्दै काभ्रेमा संघ र प्रदेशको ६ वटै सिटमा सान्दार विजय प्राप्त गराउन सफल भयौं । त्यसका लागि युवाहरुको अहं भूमिका रहेको जगजाहेरै छ । यी गतिविधिहरु हाम्रो सबै स्थानमा संगठन मजवुद भएकाले नै गर्न सकिएको हो । त्यसका लागि आ–आफ्नो भूगोलबाट रातदिन नभनी अहोरात्र खटेर संगठनको गरिमालाई उच्च राख्नका लागि आफ्नो ज्यानको प्रवाह नगरी खट्नु हुने सम्पूर्ण युवा साथीहरुलाई आभार तथा धन्यवाद व्यक्त गर्न पनि चाहन्छु ।

० तपाईहरुसँग एकिकृत हुन लागेको माओवादी केन्द्र निकट युवाहरुको अवस्थालाई तपाईको संगठनले कसरी लिएको छ ?

– अवश्य नै हामीसँग एकीकृत हुन लागेको माओवादी केन्द्रको युवा संगठन (वाइसीएल) नेपाल पनि आफ्नो सांगठानिक गतिविधि जिल्लाभर भएको संगठन हो । वहाँहरुको पनि मलाई लाग्छ सबै नगर र गाउँपालिकाहरुमा संगठन रहेको छ । हामीले वाहाँहरुलाई पनि आफ्नो सहयात्री संगठनको रुपमा लिएका छौं । वहाँहरुको गतिविधि पनि हामीले नियाल्दै आइरहेका छौं । अवश्य नै कम्युनिस्ट पार्टीका युवा संगठन भएको हुँदा सांगठानिक रुपमा उहाँहरुको र हाम्रो सांगठानिक गतिविधिहरुमा पनि लगभग एकरुपता नै जस्तो छ । हामीले निर्वाचनको बेलामा वहाँहरुसँगै मिलेर युवाहरुको परिचालन गरेर एउटा अनुभव पनि संगालेका छौं । भोलिका दिनमा एक स्थानमा हुँदा पनि हामी यो र त्यो नभनीकन आपसी समझदारी र भाइचराका साथ हामी हाम्रो संगठनलाई अझ सशक्त र सुदृढ तरिकाले अगाडि बढाउने छौं भन्नेमा म विश्वस्त छु ।

० तपाईहरुको संगठनलाई पार्टीले कतै बन्देज लगाउँछ कि ? संगठनको आफ्नै योजनाअनुसार गतिविधि परिचालित छन् ? कि आदेश मात्रै पालना गर्ने हो ?

– युवा संघ नेपालको आफ्नै विरासत छ । आफ्नो छुट्टै पृष्ठभूमि छ । यसले नेपालका ठूल्ठूला आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेल्दै आफ्नो स्थान यसले बनाएको छ । यसको आफ्नै विधि र विधान रहेको छ । यो आफ्नो विधि र विधानअनुसार परिचालित हुन्छ । हुनत युवासंघले आफ्नो मातृ पार्टी नेकपा एमालेलाई सहयोग हुने गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्ने हो । यसमा पार्टीले कुनै बन्देज लगाउने गरेको छैन । हामी हाम्रो संगठनको गतिविधि हामी आफ्नो योजना, विधि विधानअनुसार नै सञ्चालन गर्दै आएका छौं । संगठनको आफ्नै योजना आफ्नै गतिविधिअनुसार हामीले हाम्रो संगठनलाई अगाडि बढाउँदै आएका छौं । हामीले हाम्रो पार्टी सरकारमा हुँदा पनि हामीले सडकमा निक्लेर पार्टीलाई गलत कामको खबरदारी गर्ने काम पनि गरेकै छौं र भोली पनि त्यस्तो कतै भयो भने गर्ने नै छौं ।
तपाईले अलिकति काभ्रे जिल्लाको सन्दभैमा संगठनको गतिविधिलाई लिएर प्रश्न गर्नुभएको जस्तो लाग्यो, युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी आफ्नो १० औं अधिवेशनको मिति तोकेर अधिवेशनमा जुट्दै गर्दा हामीले हाम्रा नगर कमिटी, गाउँ कमिटी र वडा कमिटीहरुलाई पुनर्गठन गरेर जिल्लाको लागि लगभग तयारी अन्तिम अवस्थामा पु¥याएका थियौं । त्यसै समयमा माओवादी केन्द्रसँग पार्टी एकीकरणका लागि तयारी नजिक रहेकाले निकट भविष्यमा नै पार्टी एकीकरण हुने भएसिछ पार्टी स्थायी कमिटीले आफ्ना सम्पूर्ण जनवर्गीय संगठनहरुको अधिवेशन तत्काल नगराउन निर्देशित गरियो । त्यसअनुरुप हामी कम्युनिस्ट पार्टीका कार्यकर्ता अनुशासित हुनुपर्छ र छौं पनि । पार्टीको निर्देशनअनुसार हामीले हाम्रो १० औं जिल्ला अधिवेशनलाई स्थगित गरेका छौं ।

० तर तपाईहरुसँग मिल्ने संगठनले त आफ्नो गतिविधिलाई निरन्तरता दिएको देखिएको छ नि त ?

– युवा संघ नेपाल आफ्नो विधि र विधानअनुसार चल्छ र कहिलेकाहीं विशेष परिस्थितिमा पार्टीको नीति निर्देशनलाई पनि पालना गर्दछ । युवा संघ नेपाल पार्टीको नीति नियम, विधान, विचारबाट प्रेरित भई आफ्ना सांगठानिक गतिविधि अगाडि बढाउँछ । र पार्टीको निर्देशनलाई पनि यसले स्वीकार गर्दछ । हामीले हाम्रा सांगठानिक गतिविधि पार्टीको निर्देशनअनुसार स्थगित गरेका हौं । र हामीसँग मिल्न लागेको युवा संगठनको बारेमा वहाँहरुकै पार्टीको नीति नियम, विधान र योजनाअनुसार वहाँहरु चल्नुहुन्छ । सबैको आ–आफ्नै सांगठानिक र राजनीतिक र वैचारिक दृष्टिकोण हुने हुँदा त्यसैअनुरुप सबै पार्टीका जनसंगठनहरु परिचालित हुन्छन् । हामी पनि त्यहीअनुसार हुन्छौं । हामीले हाम्रो सांगठानिक गतिविधि बाहिरी रुपमा नगरे पनि हाम्रा संगठनका बैठक, बहस र छलफल चलिरहेकै छन् । हामीले सिर्जनात्मक गतिविधिलाई अगाडि बढाइरहेकै छौं । वहाँहरुले पनि पार्टीकै निर्देशनअनुसार आफ्ना गतिविधिहरु अगाडि बढाइरहनु भएको हुनुपर्छ ।

० तपाईको संगठनका युवाहरु कस्तो अभियानमा विशेष सहभागिता जनाउँछन् ?

– हाम्रो संगठन युवा संघ नेपाल सामाजिक परिवर्तन, समाजमा हुने गरेका विभिन्न खाले विकृति र विशंगति, भ्रष्टचारको विरुद्धमा र नव निर्माण र समृद्धिको अभियान लगायत राष्ट्रियताको पक्षमा युवाहरुको विशेष सशभागिता हुने गरेको छ । आफ्ना युवाहरुलाई शसक्त रुपमा संगठनले यस्ता गतिविधिमा सहभागी गराउँछ । हामीले भ्रष्टचारको विरुद्ध होस कि सामाजिक सुशासनको पक्षमा होस युवासंघले आफ्नो संगठनलाई जिल्लाभर नै जुझारु बनाएर परिचालित गर्ने गरेको जगजाहेर नै छ । हाम्रा युवाहरुलाई विकास निर्माणका अभियानमा र हाम्रो पार्टीले घोषणा गरेको समृद्ध नेपाल निर्माणको लागि युवाहरुलाई अग्रणी स्थानमा राख्दै त्यसको लागि आफ्नो कार्ययोजना र गतिविधि गर्दै आएका छौं । भोलिका दिनमा पनि देशलाई समृद्ध बनाउने बाटोमा युवाहरुलाई स्वरोजगारमुलक र व्यवसायीकरण गरी विदेशीयका लाखौं युवाहरुलाई स्वदेशमा नै व्यवसाय र रोजगारीको व्यवस्थापन गर्नको लागि सरकारसँग पहल र समन्वय गर्नेछौं ।

० युवालाई समृद्धिशाली कसरी बनाउने योजना छ युवा संघको ?

– युवासंघ नेपालले तमाम युवाहरुलाई संमृद्धशाली बनाउनको लागि व्यवसायिक रुपमा सहभागी बनाउनु पर्छ । उनीहरुलाई सीपमुलक व्यवसायिक तालिमहरु उपलब्ध गराउनु पर्छ । उनीहरुको दक्षतामा वृद्धि गरेर आम्दानीमुलक र रोजगारमुलक व्यवसायमा संलग्न गराउँदै अगाडि बढाउन सकियो भने मलाई लाग्छ युवाहरु समृद्धिको बाटोमा अगाडि बढ्नेछन् । त्यसका लागि नेपाल सरकारले नेपालमै ठूल्ठूला बहुउद्देश्यीय कम्पनी, उद्योग कलकारखाना र आयोजनाहरुलाई प्राथमिकता दिएर खोल्नु पर्नेछ । र नेपाली युवाहरुलाई प्राविधिक ज्ञान दिएर उनीहरुलाई यस्ता उद्योग र परियोजनाहरुमा रोजगारीको व्यवस्था गर्नुपर्छ । नेपाली युवाहरु आफूले पनि चरित्रमा सुधार गरी विदेशमा गएर मजदुरी गर्नुभन्दा आफ्नै देशमा उपलब्ध हुने अवसरहरुलाई पछ्याउनु पर्ने जरुरी देखिन्छ । यहाँ सम्भावनाहरु धेरै छन् । देशले आफ्नै जनशक्तिलाई उपयोग गर्न सकियो भने नेपाली समाजले पनि छिट्टै सुुखको अनुभूति गर्न पाउनेछ । यहाँ भएका सबै सम्भावना, साधन र स्रोतको सही सदुपयोग गर्न र गराउनका लागि हाम्रो संगठनले युवालाई लक्षित गरी समृद्धशाली बनाउने योजनाहरु प्रस्तुत गर्नसक्छ । युवाहरु जोश र जाँगरका साथ देशमा नै काम गर्ने अवस्था भएमा युवा समृद्ध बन्नेमा कुनै शंका पाल्नु पर्ने अवस्था म देख्दिन । त्यसपछि नेपाली समाज पनि बद्लिनेछ । युवा इमानदार र नैतिकवान, वैचारिक गुणहरु भए भने र युवाहरुलाई प्रयोग मात्रै नगर्ने हो भने समृद्धिका सयौं ढोकाहरु खुल्दै जानेछन् । त्यसपछि युवाहरु आफैं समृद्धशाली बन्दै आउनेछन् ।

० युवाको दुःख– सुखमा, संघर्ष र विकासमा तपाईको संगठन कहाँ हुनेछ ?

–युवासंघ नेपाल सम्पूर्ण युवाहरुको मन मष्तिष्कमा बास बसेको संगठन हो । वहाँहरुको हरेक सुख र दुःखमा विगतदेखि नै यो संगठन साथमै रहेको छ र भोलिको दिनमा पनि वहाँहरुकै सुख दुःखको साथमा रहनेछ । युवा संघ नेपाल हिजो संघर्षबाटै जन्म भएको संगठन हो । यसको हरेक गतिविधि संघर्षकै आधारमा तय हुन्छन् । र यसलाई हामीले अगाडि बढाउँदै मूर्तरुप दिने हो । विकासको हकमा नेपालका हरेक विकास निर्माणमा युवाहरुको उल्लेख्य भूमिका रहेको छ । अहिलेको नयाँ नेपाल निर्माणको लागि झन् नेपाली युवाहरुको महत्वपूर्ण भूमिका र योगदान रहनेछ । त्यसको लागि तमाम युवाहरुलाई आफ्नो गाउँबस्ती नगर जिल्लादेखि राष्ट्रकै निर्माणको लागि शसक्त रुपमा सहभागी गराउनु पर्दछ ।

० युवासंघको अगाडि चुनौतिका पहाड देखिन्छन्, युवाको सुन्दर विहानी ल्याउने भावी कार्ययोजना के छन् त ?

– युवा संघ नेपालको अगाडि आफ्नो स्थापना कालदेखि नै धेरै चुनौती सामना गर्दै त्यसलाई चिर्दै आजको यो स्थानमा आइपुगेको छ । हामी चुनौतीसँग भागेर होइन कि डटेर सामना गरेर आएका छौं । आइपरेको सबै वाधा र व्यवधानहरुलाई हटाउँदै तमाम युवाहरुलाई युवासंघ नेपालमा गोलबन्द गर्दै र युवाहरुलाई समृद्धिको दिशामा अगाडि बढाउन हामी सक्नेछौं । र हामी तमाम युवाहरुलाई विकास र रोजगारीमा संलग्न गराउँदै युवाहरुको सुन्दर भविष्य नेपालमा नै सुनिश्चित गराउन चाहन्छौं । त्यसको लागि हामीले युवाहरुलाई सानो ठूलो नभनीकन सम्पूर्ण कामहरु जस्तै कृषि, व्यवसाय, रोजगार र सामुहिक रुपमा व्यवसायको अवधारणालाई अघि सारी उनीहरुलाई समृद्धिको बाटोमा डा¥याउने छौं । हाम्रो देश कृषि प्रधान देश तर पनि हामी सम्पूर्ण युवाहरु कृषिजन्य उत्पादनलाई प्राथमिकतामा नराखेर वैदेशिक रोजगारमुखी भएका छौं । र कृषि हाम्रो मुख्य पेशा हुनुपर्नेमा त्यसो नभई हाम्रा सबै खेतबारीहरु बाँझा भएका छन् । यसमा युवाहरुलाई संलग्न गराउनका लागि सरकारले पनि कृषिमा उन्नत खालका व्यवसायमा अनुदानलाई दोब्बर वृद्धि गरी यो पेशामा संलग्न गराउनु पर्नेछ ।

० गलत बाटोमा लागेका युवाहरुलाई कसरी अनुशासित बनाउँछ युवासंघले ?

– युवासंघ नेपाल तमाम नेपाली युवाहरुको साझा ढुकढुकी संगठन हो । यसमा विभिन्न व्यवहारका युवाहरुको संलग्नता रहेको छ । हामीले सबैखालका युवाहरुलाई हाम्रो संगठनमा हार्दिकताका साथ स्वागत गर्दछौं । साथै जो साथी गलत बाटोमा लाग्नु भएको छ । वहाँलाई पनि हामी स्वागत गर्दछौं तर परिवर्तन हुने सर्तमा र सही बाटोमा लाग्ने सर्तमा हामीले वहाँहरुलाई हाम्रो संगठनमा प्रवेश गराउँदछौं । हामी वहाँले हिजो जुन गतिविधिमा संलग्न हुनुहुन्छ त्यो गतिविधिबाट पूरै अलग गराएर समाज परिवर्तन, विकास, निर्माणका साथै आफ्नो वौद्धिक राजनीतिक र व्यवहारिक रुपमा प्रशिक्षित गराउँदै राष्ट्र निर्माणको एक कर्मठ र योग्य नागरिकको रुपमा विकास गर्नेछौं ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ७ : ४९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय