२०८१, १२ बैशाख बुधबार

नेपाली काँग्रेसका कारण पार्टीको यो गति भयो: राप्रपा अध्यक्ष थापा

नेपाली काँग्रेसका कारण पार्टीको यो गति भयो: राप्रपा अध्यक्ष थापा


बर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुदाँ राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री थिए । त्यो बेला भारत र चीनसँग प्रधानमन्त्रीको दुत बनेर निकै चर्चा पनि कमाए । तर संविधान घोषण पछि भएको तीन तहको निर्वाचनमा राप्रपाले नराम्रोसँग हार ब्यहोरेको छ । हारको समीक्षा खोज्न धुलिखेलमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा सहभागि हुन आएका थापासँग हामीले हारको कारण खोज्ने कोशिस गरेका छौँ ।

उच्चस्तरीय अनुशिक्षणमा खास के भयो ?
यो अनुशिक्षणमा चुवानी समीक्षा राम्रोसँग भयो । त्यसका साथै पार्टीको भावी बैचारिक, राजनीतिक कार्यदिशा र कार्ययोजनाका बारेमा छलफल भयो । यो अनुशिक्षण कार्यक्रममा प्राप्त भएका सुझावहरुको आधारमा आगामी बैशाखमा हुने पार्टीको केन्द्रिय परिषद् बैठकमा कार्यपत्र तयार गरिनेछ ।

चुनावमा पार्टी यति नराम्रोसँग हार्नुको कारण चाँहि के रहेछ ?
मूख्य रुपले निर्वाचनको मुखमा पार्टी विभाजन हुनु नै हो । अनि पार्टीको नीति र अडानका बारेमा रहेको भ्रमहरु निराकरण गर्न नसक्नु अर्को पाटो छ । त्यसै गरी नेपाली काँग्रेससँगको सहकार्यमा स्थानीय तहमा इमान्दारिता पटक्कै देखिएन् । र पार्टीको कमजोर संगठन नै मूख्य कारण हुन् । यी नै कुराहरुले गर्दा हामीले यो अप्रत्याशित परिमाणको सामान गर्नु पर्यो ।

हालका प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुदाँ जति तपाईको राजनीतिक हाईट थियो त्यो सबै गुम्यो होइन ?
वास्तवमा अघिल्लो पटक केपी ओलीको सरकारमा रहेर मैले जुन काम गरे त्यसले साच्चिकै जनतामा राम्रो सन्देश गएको थियो । नाकाबन्दीका बेला चीनसँगको दीर्घकालिन सबन्ध विकासका लागि, अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिबृद्धिका निमित्त हामीले जुन राष्ट्रवादी अडान र भूमिका निर्वाह गरेको थियौँ, त्यसलाई नेपाली जनताले सकारात्मक रुपमा लिएका थिए । तर पछिल्लो दिनमा पार्टी एकीकरणसँग सँगै हाम्रा अडानहरुमा केहि सिथिलता देखा पर्नु र हाम्रो अडानहरुमा केहि विचलन आएको जनतालाई महशुस हुनुलाई हामीले एउटा महत्वपूर्ण पाठका रुपमा ग्राहण गरेका छाँै । र म के स्पष्ट पार्न चाहानु भने यो अनुशिक्षण बैठकले विगतका त्रृटि र कमजोरीहरुलाई सच्याएर राप्रपालाई नयाँ ढंगबाट अघि बढाउने, एउटा राष्ट्रबादी, हिन्दुवादी संगठनका रुपमा अग्रणी शक्तिका रुपमा स्थापित गराउने संकल्प गरेको छ । र त्यो अनुसार हामी अघि बढ्ने छाैँ ।

यो पटकको निर्वाचनको परिणमले पनि चेत्नु भएन है हिन्दुराष्ट्रको कुरा गर्न ?
वास्तवमा यो चुनाव पार्टीको योजनाबारे जनमत संग्रह थिएन् ।

तर जनमतले स्पष्ट पारिदियो नि ?
मैले अघि पनि भने यो हार चुनावका बेला भएको पार्टी विभाजन र पार्टीका बारेमा भएका भ्रमको निराकरण हुन नसक्नु, नेपाली काँग्रेससँगको सहकार्यमा स्थानीय तहमा इमान्दारिता नदेखिनु र हाम्रा कमजोर संघगठन नै पराजयका मूख्य कारण हुन् । निश्चय पनि हामीले अवलम्बल गर्दै आएको एजेण्डाहरुका बारे पनि समयानुकुल परिमार्जन गर्नुपर्ने आवश्यकता छ । त्यसको मुल तत्वलाई नछोडिकन, जनभावना अनुसार आफ्नो एजेण्डाहरुलाई समेत परिमार्जित गर्दै जाने हाम्रो नीति रहेको छ ।

भनेको हिन्दुराज्य र राजसंस्था चाँहि जोड्दै राप्रपाले ?
हिन्दु राष्ट्र र राजसंस्थाको मुल तत्वलाई कायम राख्दै अहिलेको परिवर्तनसँग सामान्ज्यास कामय गर्दै अघि बढ्ने हाम्रो नीति रहन्छ ।

यो पटक त जसो तसो एक सिट आयो संघीय सासंदमा अर्को पटक चाँहि ?
मैले अघि पनि भने यसपटकको निर्वाचन जनमत संग्रह थिएन् ।

तर यो निर्वाचन त संविधान जारी भएपछिको पहिलो हो नि ?
पहिलो हो । तर यो चुनावपछि मुलुकमा जनताले शान्ति, स्थायित्व र समृद्धि हासिल होस भन्ने चाहाना ब्यक्त गरेका छन् । यो पटकको चुनावमा स्वभाविक रुपले संविधान निर्माणको बेला जस्तो बैचारिक बहस नै भएको थिएन् । सबैको मूख्य एजेन्डा शान्ति, स्थायित्व र आर्थिक समृद्धि थियो । त्यस मध्ये जनताले बाम गठबन्धनलाई यो कार्यका निमित्त जिम्मेवारी दिएका छन् । त्यस कारणले यो चुनावलाई कुनै पनि पार्टीको सिद्धान्तको जनमत संग्रहको रुपमा लिएर हेर्नु हुदैन् । जनताले बाम गठबन्धनलाई भोट हालेको नेपालमा कम्युनिष्ट शासन ब्यवस्था स्थापनाका लागि होइन् । चुनावमा उनीहरुले कम्युनिष्ट शासन स्थापना गर्ने एजेण्डा पनि लिएर गएका थिएनन् । शान्ति, स्थायित्व र समृद्धि एजेण्डा थियो हामीले पनि त्यहि रुपमा बुझ्दा राम्रो हुन्छ ।

वर्तमान ओली सरकार प्रति राप्रपाको दृष्टिकोण कस्तो हुन्छ ?
सरकारले गर्ने कामको गुण र दोषका आधारमा हामी सरकारसँग ब्यवहार गर्ने नीति अबलम्बलन गर्ने छौँ ।

सरकारको विरोध काँग्रेससँग मिलेर कि एक्लै ?
होइन । हामी प्रतिपक्षमा रहन्छाैँ । हामीले ओली सरकारलाई विश्वासको मत दिएका छाँै । त्यो विश्वासको मत दिदाँ राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, मुलुकको आर्थिक विकास हुने विश्वासका साथ दिएका हौँ । यदि सरकारबाट हाम्रो यो अपेक्षा पूरा भएनन्, भने स्वाभाविक रुपले हामी त्यसको प्रतिरोध पनि गर्नेछाैँ ।

सरकारलाई विश्वासको मत त झापामा तपाईको महासचिवलाई जिताए बापत दिनु भो नि ?
झापामा पक्कै पनि बामगठबन्धनको सहयोग हामीलाई प्राप्त भएकै हो । त्यसले जित्नलाई सहयोग पुगेको छ । तर झापामा राप्रपाको जुन किसिमको जनमत थियो । त्यो जनमत प्राप्त भएकै कारणले गर्दा झापाको सम्पूर्ण क्षेत्रमा, प्रदेश र प्रतिनिधिसभाको सिटमा बामगठबन्धनलाई जिताउन हाम्रो पनि सहयोग रहेको छ । यो कुरालाई बिर्सन हुदैँन् । र अहिले हामीले केपी ओलीलाई विश्वासका मत दिएका छाँै यसको मूख्य कारण भनेको चाँहि राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, जनताको आर्थिक समृद्धिमा यो सरकाले योगदान पुर्याउन सकोस भनेर नै हो । यो हाम्रो विश्वासको मत खेर जाँदैन भन्ने पनि सोचाई छ ।

तीन राप्रपासँग त पूर्वराजाले पनि भेट गरेछन्, अब फेरी पार्टी एकता हुन्छ ?
त्यो भेटलाई हामीले एउटा साधारण घटनाका रुपमा लिएका छौँ । यो भेटलाई अतिरञ्जित हुने ढंगले ब्याख्या विश्लेषण गर्नु उचित हुदैँन् । यो भेट नितान्त ब्यक्तिगत हो । हामी अन्य पार्टीसँग एकताका लागि सधै खुल्ला छाैँ । भरपर्दो आधार तय भयो भने पशुपति जी र लोहनी जीको पार्टीसँग एकता गर्न हामी तयार छाैँ । तर एकता केबल ब्यक्तिहरु एक ठाउँमा भेला हुनका लागि मात्रै वा फेरी सामान्य कुरा नमिल्ने वित्तिकै पार्टी छोडेर जानका निमित्त हुन सक्दैन् ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ३ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने