२०८०, १५ चैत्र बिहीबार

प्रदेश ३ को राजधानी काभ्रे बनाउन दोलखा प्रस्तावक बन्न तयार छः सासंद खड्का

प्रदेश ३ को राजधानी काभ्रे बनाउन दोलखा प्रस्तावक बन्न तयार छः सासंद खड्का


प्रदेश नम्बर ३ का प्रदेश सासंदहरु अहिले अस्थायी राजधानी हेटौडामा प्रदेशसभा सञ्चालन नियमावली माथि छलफलमा जुटेका छन् । यो छलफल सकिए लगत्तै प्रदेशको स्थायी राजधानी र नामङ्कनमा बैठक प्रवेश हुनेछ । यसै सेरोफेरोमा हेटौडामै रहेका दोलखा प्रदेशसभा १ का माननीय सासंद विशाल खड्कासँग गरिएको कुराकानीः

हेटौडामा कोठा खोजि सक्नुभयो ?
कोठा खोजेका छैनौँ । पाहुना नै लागि रहेका छौँ । हाम्रो लागि यो एउटा अस्थायी ठाउँ हो । त्यो हिसाबले हामी चाहान्छौँ स्थायी राजधानी छिटै तोकिनु पर्छ । नियमावली भोली नै पास हुन्छ । र त्यो पास भएपछि सदनमा प्रदेशको राजधानी सार्ने र नामाङ्कनका विषयमा प्रस्ताव लैजान्छौँ ।

प्रदेशको स्थायी राजधानी चाँहि कहाँ हुन्छ ?
अहिले राजधानी जुन हेटौडामा तोकिएको छ । यो अस्थायी हो । प्रदेशको राजधानी सबैलाई मान्य हुने ठाउँमा हुनुपर्छ । हेटौडा सबैलाई पायक पर्ने ठाउँमा छैन् । प्रदेश ३ को १३ वाटै जिल्लाहरुको पायक पर्ने ठाउँमा प्रदेशको स्थायी राजधानी किटान हुन्छ । अहिलेको ठाउँ परिवर्तन हुन्छ ।

तपाईले भनेको पायक पर्ने ठाउँ चाँहि कुन जिल्ला हुन सक्छ ?
त्यो त अब मैले भन्दा पनि नक्सा आफै बोलिरहेको छ । तथापी हेटौडालाई हामीले अस्थायी राजधानी भनिरहेका छौ । यसको आफैमा एउटा पहिचान छ । हेटौडा नेपालका १० वटा औद्योगिक क्षेत्र मध्ये एक हो । अन्य ९ वटा ठाउँको औद्योगिक क्षेत्रको भन्दा बढी क्षेत्रफल यहाँको औद्योगिक क्षेत्रले ओगटेको छ । त्यसैले अब हामीले ३ नम्बर प्रदेश जेठो प्रदेश, जनसंख्याको हिसाबले ठूलो प्रदेश, संघीय राजधानी पनि यही हुने भएकाले यसको विशेषता र पहिचानलाई समेट्नु पर्छ । हेटौडालाई मैले नराम्रो भन्न खोजेको होइन् । हेटौडा निकै राम्रो ठाउँ हो । तर हेटौडालाई प्रशासनिक मुकाम भन्नु भन्दा पनि औद्योगिक नगरी, औद्योगिक क्षेत्रको रुपमा विकास भएको केन्द्र हो । यहाँ राजधानी बनाएर अन्य लोड थोपार्ने भन्दा पनि खालिरहेको सबैलाई सुविधा हुने जिल्लामा राजधानी खोजिनु पर्छ ।

नक्सा हेर्दा त भक्तपुर र काभ्रे बीचमा पर्छ नि ?
हो, भक्तपुर उपत्यका भित्र पर्छ । तर काठमाण्डौ भन्दा बाहिराको उपयुक्त भोगोल भनेको काभ्रे जिल्ला नै हो । हामीले प्रदेशको राजधानीसँगै नयाँ सहर बनाउनुपर्छ । नयाँ सहर बनाउने सन्र्दभमा काभ्रेको बनेपा, धुलिखेल र पनौती नगरपालिकालाई नयाँ सहरका रुपमा विकास गराउन सक्छौँ । केन्द्रिय राजधानीको चाप घटाउन पनि काभ्रे नै उपयुक्त हुन्छ ।

राजधानी काभ्रे बनाउनेमा दोलखी सासंदहरुको मत बाझिन्छ कि ?
यो काभ्रेका माननीयहरुको मात्रै सवाल होइन् । यसमा काभ्रे र दोलखाका भन्नु पनि आवश्यक छैन् । यो विषय हामी ३ नम्बर प्रदेशभित्रका सासंदहरुको सवाल हो । काभ्रेका माननीय सासंदहरुले ससदमा प्रस्ताव नराखेपनि दोलखाले राख्छ । प्रदेश राजधानी काभ्रे बनाउन दोलखा प्रस्तावक बन्न पनि तयार छ । जसले जे भनेपनि सुगमताका हिसाबले काभ्रेको विकल्प अरु जिल्ला हुन सक्दैन् । हैटौडा त पहिलाको पाँचवटा विकास क्षेत्र मध्ये एउटा विकास क्षेत्रको केन्द्र हो । तर अहिले जनकपुर, नारायणी र बागमतीका जिल्ला समेटेर नयाँ भूगोल निर्माण गरिएको छ । त्यसैले हेटौडालाई राजधानी मन्न सकिदैन् । हेटौडाका जनताले पनि अपेक्षा गर्नु भएको छ जस्तो लाग्दैन् ।

स्थायी राजधानी दोलखा बनाउन चाँहि सकिदैन् ?
अहिले हेटौडालाई नै मान्ने हो भने । दोलखा र त्यसको सदमुकाम चरिकोटले प्रदेशको राजधानी धन्न सक्दैन भन्ने होइन् । यो तर्कका लागि तर्क मात्रै हो । तर यसरी भन्दा पनि हामीले भौगोलिकतालाई हेर्नुपर्छ । हामीले यसलाई तत्काल टुंग्याएर समृद्ध प्रदेश बनाउन तर्फ लाग्नुपर्छ । हामीलाई जनताले त्यहि म्यान्डेट दिएका छन् ।

राजधानी सार्न त दुई तिहाई मत चाँहिन्छ, मत जुट्छ त ?
३ नम्बर प्रदेशको स्थानीय राजधानी कहाँ बनाउने भनेर विषयले सदनमा प्रवेश पाउने वित्तिकै यो प्रदेशका ११० जना माननीयले बोल्नु हुने छ । त्यत्ति खेर साझा भएर, ३ नम्बर प्रदेशको सदस्य हुँ भनेर बोल्नुपर्ने हुन्छ । त्यो बेला उपयुक्त ठाउँमा, जहाँ सेन्टर छ त्यहि राख्नु पर्छ भन्नेमा एक मत हुन्छ । त्यो विषयमा हामी ढुक्क छौँ ।

नामाङकन चाँहि प्रदेश ३ को के हुन सक्छ ?
नामाङकनका बारेमा हामी के कुरामा प्रष्ट हुन जरुरी छ भने पहिले हामीले सात वटा प्रदेश बनाइ रहदाँ एउटा क्लटर चाँहि पहिचान र सामथ्र्यको आधारमा बनाएका थियौँ । त्यो पहिचान र सामाथ्र्य के थियो त भन्दा, यहाँको दुई वटा पहिचान । नेवाः र ताम्सालिङ पहिचानलाई मिलाएर ३ नम्बर प्रदेशको परिकल्पना गरिएको थियो । प्रदेशको सिमाङकन गर्दा नेवाः, ताम्सालिङ भनेर गरिएको थियो । अबको नाम पनि त्यसै गरी हुन सक्छ । अर्को कुरा प्राकृतिक बिम्बबाट पनि नाम राख्ने कुराहरु उठिरहेका छन् । त्यसो भयो भने प्राकृतिक बिम्बका बारे पनि जान सकिन्छ । तर मुलभूत रुपमा पहिचान नेवाः, ताम्सालिकलाई नै जोडेर नामाङकन राख्नु पर्छ ।

A continuación Dinerorapido-24h listamos las entidades más destacadas.

प्रकाशित मिति : २०७४, १३ फाल्गुन आईतबार  ६ : ४० बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय