२०८०, १६ चैत्र शुक्रबार

काभ्रेलाई प्रदेश नम्बर ३ को आर्थिक हब बनाउँछु

काभ्रेलाई प्रदेश नम्बर ३ को आर्थिक हब बनाउँछु


धेरै पहिले देखि परिवार ब्यापार ब्यवसायमा संकलग्न थियो । त्यहि भएर म पनि ब्यापार ब्यवसायमै होमिए । पहिला यस्तो ब्यवस्थित तरिकाले ब्यापार ब्यवसाय हुदैँन थियो । प्राकृतिक वा मानवीय हिसाबले पनि नोक्सान भयो भने साथ दिने कोहि थिएनन् । तर अहिले उद्योग वाणिज्य संघ छ । अहिले अनलाईन मार्फत ब्यापार ब्यवसाय हुन थालेको छ । उपभोक्ताको माग सँगै ब्यापार ब्यवसायको परिधि पनि फराकिलो बन्दै गइरहेको छ । १६ वर्षअघि काभ्रे उद्योग वाणिज्य संघमा सदस्य बनेर प्रवेश गरेका प्रकाश मानन्धर केहिदिन अघि सकिएको ३९ औँ वार्षिक साधारणसभा मार्फत काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

काभ्रेमा उद्योगको अवस्था कस्तो छ ?
काभ्रेमा साच्चिकै भन्ने हो भने आशा लाग्दो हिसाबले उद्योग क्षेत्रमा विकास हुन सकेको छैन् । होटल ब्यवसाय फस्टाउँदै गएपनि ठूल ठूला उत्पादन मुलक उद्योग भने सञ्चालनमा आएका छैनन् । गुणस्तीय र सुविधा युक्त होटलहरु सञ्चालनमा छन् । तर धेरै मानिसलाई रोजगार दिने गरी उद्योग सञ्चालनमा ल्याउन सकिएको छैन् । जसरी होटलमा लगानी थपिएको छ अन्य उद्योग, कलकारखानामा लगानी हुन सकेको पाइदैन् । अझ भूकम्पपछि राजधानीपूर्वको मूख्य ब्यापारिक केन्द्र बनेपामा मानिसको बसोबास निकै बढेको छ । काम भएन भने मान्छेमा नकारात्मक सोचहरु बढ्छ । त्यस्तो सोच समाजका लागि पनि हानिकार हुन्छ । त्यसैले ती ब्यक्तिहरुलाई समेत रोजगार दिने गरी ब्यवसायीहरुले लगानी विस्तार गर्न थालेका छन् ।

उसो भए धेरै मानिसले रोजगार पाउने पाँचखालको सेज निर्माणमा तपाईहरुले किन पहल गर्नुभएन त ?

हो । तपाईले भने जस्तै पाँचखालमा विशेष आर्थिक क्षेत्र सेज निर्माण हुदैँछ । जग्गा अतिक्रमण गर्ने काम भइसक्यो । हामीले पटक पटक सेज निर्माणलाई छिटो पूरा गर्न पहल गरि रहेका छौँ । तर राज्य पक्षबाट यसलाई हुनुपर्ने जति सहयोग भइरहेको छैन् । पाँचखालको सेज विशेषगरि तातोपानी नाका मार्फत सामान निर्यातका लागि सञ्चालनमा ल्याउन लागिएको हो । त्यो नाका भूकम्पपछि पूर्ण रुपमा बन्द छ । मैले कता कता सुनेको छु नाका बन्द भएकै कारण राज्यले चासो नदिएको हो । सेज निर्माणका लागि म थप पहल गर्ने छु । सेज सञ्चालनमा आयो भने काभ्रे जिल्लाकै मुहार फेरिने हो । त्यहाँ धेरैले रोजगार पाउँछन् । त्यसो भयो भने मानिसको आम्दानी बढ्छ । विदेशीने युवाको संख्यामा पनि कमी आउँछ ।

जिल्लामा सेज बाहेक अन्य उद्योग सञ्चालनमा आउन सक्दैनन् ?
जिल्लामा कृषि उद्योगको सम्भावना निकै छ । त्यस्तै पर्यटन उद्योगको सम्भावना नभएको होइन् । कुषि खेतीमा लगानी बढ्दो छ । तर उद्योगमा लगानी गर्न चाहानेको संख्या निकै कम छ । मैले आफ्नो कार्यकालमा कृषि जन्य उद्योग स्थापनाका लागि विशेष पहल गर्ने योजना बनाएको छु । हामीले विगत ४ वर्षदेखि एक गाउँ, एक उत्पादन कार्यक्रम सञ्चालन गरिरहेका छौँ । ओभीओपी अन्तर्गत कुशादेवी, पात्लेखेत र बनेपामा दुग्ध जन्य परिकार उत्पादन भइरहेका छ । त्यस्तै एक जिल्ला एक उत्पादन कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको छ । ओडिओपी कार्यक्रम अन्तर्गत मासु प्रशोधन उद्योग सञ्चालनका लागि प्रस्ताव गरिएको छ । यदि मासु प्रशोधन बनेपामा राख्न सकियो भने हाल उपत्यकामा कम मूल्यमा जिउँदै पशु चौँपाय बेच्दै आएका जिल्लाका कृषकहरुले बढी मूल्य पाउने छन् । उपभोक्ताले मासु पनि स्वथ्य खान पाउँछन्, रोजगारी पनि बढ्छ । त्यो बाहेक लोभ हुदैँ गएका परम्परागत कोल, घट्टा, कपडा तान जस्ता घरेलु उद्योग समेत आधुनिक ढंगबाट सञ्चालन गर्ने योजना बनाएको छु ।

काभ्रेको उद्योग क्षेत्रमा किन लगानी गर्ने ?
काभ्रे कृषि र पशुमा अत्यन्तै सम्भावना बाकेको जिल्ला हो । हामीले बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याउने भन्दा पनि हाम्रो जिल्लामा कच्चा पदार्थका रुपमा पाहिने चीजमा लगानी कर्ताहरुलाई प्रोत्साहन गर्नुपर्छ । यहाँ कच्चा पदार्थका रुपमा दुध, आलु र गोलभेडा प्रशस्तै पाइन्छ । यसलाई हामीले उद्योगको रुपमा विस्तार गर्ने हो भने कच्चापदार्थमा आश्रिम उद्योगबाट मुक्ती पाउँछौँ । हामी राजधानीबाट नजिक छौँ । यहाँ उत्पादन भएका सामान मूख्य बजारसम्म पुर्याउन खास अप्ठ्यार छैन् । झन अहिले बिपी राजमार्ग खुलेपछि तराई सहित पूर्वी पहाडका जिल्लासम्म हाम्रो पहुँच नजिकिएको छ । अरनिको राजमार्गको सूर्य विनायक देखि धुलिखेलसम्मको सडक खण्ड ६ लेन बनाउन पहल गरिरहेका छौँ । यदि यसो भयो भने राजधानीसँगको हाम्रो दुरी अझ छोटो हुनेछ । लगानी गर्न चाहाने ब्यवसायीहरुले ढुक्का भएर लगानी गर्न सक्ने वातावरण काभ्रे जिल्लामा छ ।

लगानीको वातावरण छ त भन्नुभयो, तर काभ्रेमा लगानीको सुरक्षा नै छैन भन्छन् ?
पहिलाको जस्तो स्थिति छैन् । लामो समयदेखि रिक्त स्थानीय तहको निर्वाचन भएर अहिले जनप्रतिनिधिहरुले आफ्नो कार्यभार सम्हालि सक्नुभएको अवस्था छ । अहिले हरेक गाउँपालिका र नगरपालिकालाई अरु भन्दा आफु कसरी अब्बल हुन पाइन्छ भन्ने सोचमा हुनुहुन्छ । त्यसैले लगानी कर्ताको लगानी सुरक्षित गर्ने जिम्मेवारी उहाँहरुको पनि हो । किन भने आफ्नो गाउँ ठाउँमा कलकारखाना, उद्योग खोल्न आउने लगानी कर्ता बिचैमा छाडेर जानु भनेको फेरी अर्को लगानी कर्ता नआउनु सहर हो ।

काभ्रेमा लगानी कर्ताले गर्नु पहिले नै गुण्डालाई पैसा नबुझाई केहि गर्न पाइँदैन भन्छन् ?
अहिलेसम्म त्यस्तो त सुन्नमा आएको छैन् । यदि त्यस्तो भए त्यो ठाउँकै लागि दुर्भाग्यपूर्ण हुन्छ ।

तपाईहरुलाई आरोप लाग्ने गर्छ अधिकांश उद्योग सहर केन्द्रित भएर भनेर । गाउँमा किन जान चाहानु हुन्न ?
स्वभावैले ब्यापार ब्यवसाय जहाँ मानिसको बढी बसोबास हुन्छ त्यहाँ नै हुने बढी हुने गर्छ । तर वातावरणीय हिसाबले पनि उद्योग कलकारखाना सहरमा भन्दा गाउँमै खुलेको राम्रो । यसैलाई मध्यनजर राख्दै हामीले जिल्लामा नयाँ थपिएको नगरपालिका मध्ये नमोबुद्ध र पाँचखाल नगरपालिकामा नगर उद्योग समन्वय समिति गठन गरिरसकेका छौँ । त्यस्तै मण्दनदेउपुर नगरपालिकामा छिट्टै नगर उद्योग समन्वय समिति गठन गर्ने तयारीमा छौँ । धुलिखेलमा पहिले देखि नै छ, पनौतीमा हालहालै उद्योग वाणिज्य संघ गठन भइसकेको छ । बनेपामा जिल्ला वाणिज्य संघले नै कभर गर्छ । त्यत्ति मात्रै होइन् हामीले गाउँ तहमा भएका उद्योगका सम्भावनालाई ध्यानमा राखेर गाउँपालिकामा समेत जाने योजना बनाइरहेका छौँ । यसो भयो भने गाउँ तहमा पनि साना ठूलो उद्योग सञ्चालनमा आउँछन् र गाउँ छाड्ने प्रबृत्ति कम हुन सक्छ भन्ने मेरो विश्वास छ ।

ठूला लगानीका माज साना लगानी भएका ब्यवासयी पछि परेको गुनासो पनि छ नि ?
मलाई लाग्छ लगानी सानो ठूलो भन्ने नै होइन् । हामीले सबैलाई सम्मान ब्यवहार गरेका छौँ र मेरो कार्यकालमा पनि कसैलाई काखा, कसै पाखा हुने छैन् । सबै मिलेर नै जिल्लामा रोगजागरको अवस्था सिर्जना गर्न सकिन्छ । हामीले यहाँको सम्भावनाका बारे प्रबद्र्धन गर्ने हो । हामीले काभ्रेलाई उत्कृष्ट आर्थिक गन्तब्य बनाउनुपर्छ । चाहे त्यो ठूलो लगानी होस्, या त साना लगानी । सम्भावनाको पहिचान गरेर सम्भावित लगानी कर्ता भित्र्याउन म र मेरो कार्य समिति लागि पर्ने छ ।

भनेपछि प्रदेश नम्बर ३ को आर्थिक केन्द्र बनाउने योजना हो ?
पक्कै पनि । बनेपा अहिले पनि राजधानीपूर्वका जिल्लाहरुको मूख्य ब्यापारिक केन्द्र हो । पाँचखालमा विशेष आर्थिक क्षेत्र बन्दै छ । चीनसँगको नाका जोडिएको तातोपानीसँग नजिकको जिल्ला पनि हो । धुलिखेल आफैमा होलटहरुको हब भइसकेको छ । त्यस्तै नगरकोट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने थलो हो । नयाँ गन्तब्यको रुपमा गाउँघर नियल्दैँ होटलको परिकारका लागि बन्थलीमा धमाधम रिसोर्ट खुल्ने क्रम चलिरहेको छ । धार्मिक पर्यटनका लागि नमोबुद्ध, चण्डेश्वरी, गोसाईथान, तेमालको पोखारी नारायणस्थान, जिल्लाकै सबैभन्दा अग्लो डाँडा ढुंकखर्कको बेथानचोक डाँडा, पनौती जस्ता ठाउँ हाम्रै जिल्लामा छ । इन्द्रावती, सुनकोशी, रोशीमा पनि हामीले पर्यटन प्रबद्र्धन गर्न सक्छौँ । भूकम्पपछि थलिएको जिल्लाको पर्यटन क्षेत्र अहिले पूर्णरुपमा सञ्चालनमा छ । सुविधा सम्पन्न दुई वटा अस्पताल छन् । सुरक्षाको कुरा गर्ने हो भने एसपीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय र एसएसपीको नेतृत्वमा बाग्मती अञ्चल प्रहरी कार्यालय काभ्रेमै छ । अनि यस्तो जिल्लामा लगानी नगरे कहाँ गर्ने त ? त्यहि भएर हाम्रो जिल्लामा अन्य ठाउँका ब्यवसायी पनि लगानी गर्न इच्छुक हुनुहुन्छ ।

आर्थिक हब त बनाउने तर पलायन हुदैँ गरेका ब्यवसायीलाई कस्ले रोक्ने ?
हामीले ब्यवसायी पलायन रोक्न पहल गरिरहेका छौँ । तपाईले भने जसरी ब्यवसायी पलायन भएको अवस्था छैन् । तर पनि बेलैमा उनीहरुको लगानी सुरक्षित हुने वातारण निर्माण गर्ने, समस्या बुझ्ने र समाधान गर्ने समन्वयको काम हामी गर्छौँ । ब्यवसाय पलायन रोक्न राज्यले पनि ठोस पहल गर्नुपर्छ । काभ्रे उद्योग वाणिज्यसंघमा अहिले २२ सदस्य हुनुहुन्छ । तर बनेपामा धेरै ब्यापार ब्यवसायमा संलग्न साथीहरु थपिदैँ गइरहनुभएको छ । हामी उहाँहरुलाई पनि संघमा आबद्ध गराउने तयारीमा छौँ ।

काभ्रेमा लगानी भित्र्याउन राज्यले चाँहि के गरिदियो भने सजिलो हुन्थ्यो ?
हेर्नोस् राज्यले सबैभन्दा पहिले पाँचखालमा निर्माण हुदैँ गरेको विशेष आर्थिक क्षेत्र सेज निर्माणमा तदारुकता देखाउनुपर्छ । सेज निर्माण भएर सञ्चालनमा आउनु नै जिल्लामा लगानी भित्र्ने मूख्य वातावरण बन्नु हो । सेजसँग जिल्लाका धेरै ब्यवसायीको आशा जोडिएको छ ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ६ : ५८ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय